समाचार

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस कारसँग ठक्कर खाँदा त्रिशुलीमा खस्यो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक दुईवटा सवारी एकापसमा ठोक्किएर दुर्घटना भएको छ । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे१ख ४०६० नम्बरको यात्री बस र काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२-०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएका हुन् । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको छ । दुर्घटनामा परी २० जना घाइते भएकोका पाँच जनाको अवस्था गम्भीर छ । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए …

पुरा पढ्नुहॊस »

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल हुनेछ । सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो । त्यसअन्तर्गत शुक्रबार पनि विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सँस्कृति; पर्यटन तथा नागरिक …

पुरा पढ्नुहॊस »

तराईमा अत्यधिक गर्मीको सम्भावना, तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने

काठमाडौं । मौसम पूर्मानुमान महाशाखाले आगामी तीन दिन देशका केही भूभागमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाएको छ । बिहीबार साँझ विशेष बुलेटिनमार्फत महाशाखाले देशको मध्य तथा पश्चिम तराईका भू–भागमा आगामी तीन दिन (जेठ ३२ गतेदेखि असार २ गते)सम्म अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ गरी पाँच जिल्लामा अत्यधिक गर्मीको सम्भावना छ । महाशाखाले तातो लहरको असरबाट जोगिन आवश्यक …

पुरा पढ्नुहॊस »

ताप्लेजुङमा पहिरो : एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका-२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका-२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन् । फक्तालुङ गाउँपालिका …

पुरा पढ्नुहॊस »

जलवायु परिवर्तनले लाखौँ नेपालीलाई गरिबीमा धकेलेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको चर्चा गर्दा जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन् । स्वीटजरल्याण्डको जेनेभामा ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तर्गत बिहीबार सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताका रूपमा बोल्दै राष्ट्रपति पौडेलले जलवायु न्यायको विषय उठाएका हुन् । ‘विश्व समुदाय खास गरेर विगतदेखिका र हालका ठूला उत्सर्जनकर्ताहरू यो जिम्मेवारीबाट विमुख हुनु हुँदैन, हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन’, …

पुरा पढ्नुहॊस »

कांग्रेस सांसद पौडेल र मेयर बालेनबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बिहीबार भेटघाट भएको छ । भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधवार प्रतिनिधि सभामा दर्ता गरेको सङ्कल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौं क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलले बताए । भेटमा चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तत्काल तीनै तहका सरकार …

पुरा पढ्नुहॊस »

सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द गर्ने बालेनको निर्णयमा अदालतको ब्रेक

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द नगर्न आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेलको इजलासले सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । आगामी असार ७ गतेसम्मका लागि सामुदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द नगर्न भनिएको छ । साथै उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णयका लागि असार ७ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ …

पुरा पढ्नुहॊस »

गोदामबाट २० लाखको सामान चोरी गर्ने तीन पक्राउ

काठमाडौं । राजधानीको एक गोदामबाट २० लाख भन्दा बढीको सामान चोरी गर्ने ३ जना पक्राउ पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको एक टोलीले राजधानीको कोटेश्वरस्थित आहाना इन्टरप्राइजेजको गोदामबाट चोरी गर्ने ३ जनालाई पक्राउ गरेको हो । उनीहरु तीनै जनालाई कोेटेश्वरबाट पक्राउ गरिएको पनि जनाएको छ । कार्यालयका अनुसार उक्त गोदामबाट २० लाख २४ हजार भन्दा बढीको सामान चोरी गर्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरीका सोनु गदाल, भक्तपुर ठिमी–१ लोकन्थलीका …

पुरा पढ्नुहॊस »

नारायणगढ-मुग्लिन सडकखण्डका २५ स्थानमा पहिरोको उच्च जोखिम

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डका २५ ठाउँमा पहिरोको जोखिम रहेको पाइएको छ । भरतपुरस्थित डिभिजन सडक कार्यालयले २५ स्थानमा जोखिम रहेको जनाएको छ । कार्यालयका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । यस्तै, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरेमा पनि पहिरोको जोखिम छ ।

पुरा पढ्नुहॊस »

ताप्लेजुङमा पहिरोले ट्याक्टर पुर्‍यो, २५ वर्षीय युवकको घटनास्थलमै मृत्यु

काठमाडौं ।  ताप्लेजुङको सिरिजंगामा पहिरोले ट्याक्टर पुरिँदा २५ वर्षीय युवकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–१४, लुङ्रुपा घर भइ निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत २५ वर्षीय सविन राईको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । परियोजनास्थल सिरिजङ्गा गाउँपालिका–७ खेबाङको सिरिसेतर्फ सामान बोकेर जाँदै गरेको मे. १ त ७९६९ नम्बरको ट्याक्टरलाई सडकमाथिबाट झरेको पहिरोले पुर्दा राईको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार …

पुरा पढ्नुहॊस »