काठमाडौं । मोरङको बिराटनगरस्थित एक होटलमा म्यानपावर व्यवसायी मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका-६ घर भएका २८ वर्षीया राजीव फुयाँल आज बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका हुन् । होटेलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपीको नेतृत्वको टोली अनुसन्धानको लागि पुगेको छ । मृतक फुयाँल लामो समयदेखि मेनपावर सञ्चालन गरेर बसेको बुझिएको छ । उनले …
पुरा पढ्नुहॊस »सौर्यको जहाज दुर्घटना : मृतक आफन्तहरुले कहिले पाउँछन् शव ?
काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण थालिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको हो । अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिएका छन् । । उनकाअनुसार एक जनाको शव परीक्षण गर्न चार घण्टा लाग्नेछ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, …
पुरा पढ्नुहॊस »फेरि २९ प्रहरी कर्मचारी सम्पर्कविहीन (नामसहित)
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले २९ प्रहरी कर्मचारीलाई सात दिने सूचना जारी गरेको छ । हेडक्वार्टरले विभिन्न मितिदेखि सम्बन्धित कार्यालयमा बिना जानकारी अनुपस्थित हुने प्रहरी नायब निरीक्षक (सई) देखि प्रहरी कार्यालय सहयोगीसम्मलाई ७ दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सम्पर्कमा आउन निर्देशन दिएको छ ।
पुरा पढ्नुहॊस »सौर्यसँग अब एउटा मात्र जहाज, उडान अनिश्चितकालका लागि रद्द
काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलमा टावर नजिकै भएको दुर्घटनाले विभिन्न संशय उब्जाएको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाले ज्यान गुमाए । दुर्घटनाले विभिन्न संशय उब्जाएकै बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाका कारणबारे अहिले नै केही भन्न नसकिने बताएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले विमान दुर्घटना के कसरी भयो भन्ने कुरा अत्यन्त प्राविधिक विषय भएकाले अहिले अनुमानका आधारमा भन्न …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »मन्त्रिपरिषद् बैठक : सौर्य जहाज दुर्घटना छानबिन गर्न समिति गठन, ४५ दिनभित्र प्रतिवेदन पेस गरिने
काठमाडौं । सरकारले सौर्य जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले ४५ दिनभित्र प्रतिवेदन पेस गर्नेगरि ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनकाअनुसार पूर्वमहानिर्देशक सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग …
पुरा पढ्नुहॊस »टिचिङ अस्पताल परिसरमा शोकाकुल आफन्त
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु गरिएको छ । जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शवको पोस्टमार्टम गर्न थालिएको हो । पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि अस्पताल पुगेपछि पोस्टमार्टम सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई जिम्मा लगाउने अस्पतालका एक अधिकारीले जानकारी दिए । अस्पतालबाहिर …
पुरा पढ्नुहॊस »सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको वरियतामा पनि सुधार (सूचीसहित)
काठमाडौं । सिंगापुरको राहदानी (पासपोर्ट) विश्वकै शक्तिशाली पासपोर्टको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको छ । जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट विश्वका राहदानी र्याङ्किङ संस्था हेन्ले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो । कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसा बिना र आवश्यकताका आधारमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको मापन गरी यो सूची तयार गरिन्छ । सिंगापुरका नागरिकले विश्वका १९५ गन्तव्यमा बिना भिसा यात्रा गर्न …
पुरा पढ्नुहॊस »सौर्यको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको मृत्यु भएको हो ।
पुरा पढ्नुहॊस »विमान दुर्घटना हृदयविदारक र अकल्पनीय : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमास्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री ओलीले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताए । उनले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेनको स्वास्थ लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ …
पुरा पढ्नुहॊस »