काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विमान क्षेत्रका नयाँ–नयाँ प्रविधि र नवप्रवर्तनले नागरिक उड्यन क्षेत्रमा व्यापक परिवर्तन ल्याइरहेको बताएका छन् ।अन्तर्राष्ट्रिय नागरिक उड्यन दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री सिन्हाले आधुनिक विमान क्षेत्र केवल यात्रु बोक्ने साधनमा सीमित नरही नवप्रवर्तन, प्रविधि, सुरक्षा तथा मानव–केन्द्रित सेवाको समिश्रण बनेको उल्लेख गरे ।
उनले भने, ‘स्मार्ट विमान, हरित इन्धन, एआई सेवा प्रणाली, डिजिटल चेक–इन र उन्नत सुरक्षा प्रविधिहरू निरन्तर विकसित हुँदैछन् । विश्वभर उडानलाई झनै सुरक्षित, वातावरणमैत्री र यात्रु–अनुकूल बनाउन नयाँ प्रवर्तनहरू भइरहेका छन् ।’
प्रविधिको तीव्र विकासका बीचमा पनि मानवको भूमिकालाई कुनै मेसिनले प्रतिस्थापन गर्न नसक्ने मन्त्री सिन्हाको भनाइ छ । विशेषगरी क्याबिन क्रुका सेवा–सम्पर्क, भावनात्मक सहयोग र मानव–केन्द्रित भूमिकालाई प्रविधिले पूर्ण रूपमा धान्न नसक्ने उनको तर्क थियो ।
उनले भने, ‘मानव–केन्द्रित सेवाको साथबिना विमान सेवा सञ्चालन सम्भव छैन, तर सबैको केन्द्रमा एउटा कुरा उहीँ छ, के मानवको भूमिका विशेषगरी क्याबिन क्रुको भूमिकालाई मेसिनले परिवर्तन गर्न सक्छ ? सेवा दिन सक्दैन किनकी मानव केन्द्रित सेवाको सहयोगले मात्रै यो सेवा सञ्चालन हुन सक्छ ।’
नयाँ प्रविधि र नवप्रवर्तनले नागरिक उड्यन क्षेत्रमा परिवर्तन: मन्त्री सिन्हा
तपाईंको प्रतिकृया




