डिसेम्बर ५ मा पाकिस्तान र अफ्गानिस्तानको तालिबान फौजबिच सिमानामा लडाइँ भएको छ । दुबै तर्फ बाट सिमा क्षेत्रमा एक अर्कामाथी तीब्र गोलि प्रहार भएको हो । दुवै देशका अधिकारीहरुले उक्त घटनामा करिब ५ जनाको ज्यान गएको जानकारी दिएका छन् । यो घटना दुई देशको असफल शान्ति वार्ता पछि भएको हो ।
पाकिस्तान र अफ्गानिस्तानबीच पहिलेदेखि नै सम्बन्ध तनावपुर्ण थियो । र अहिले अफ्गानिस्तानको कन्धार प्रान्तको स्पिन बोल्दाक जिल्लामा पाकिस्तानि सेनाले हमला गरेको अफगान तालिबान प्रवक्ता जबीउल्लाह मुजाहिदले बताएका छन् । यस घटनाका कारण सीमा क्षेत्र तनावग्रस्त भएको छ । तनाव बढ्नाले स्पिन बोल्डक सहरका अधिकांश बासिन्दाले सहर छोडेका छन् ।
१८ र १९ अक्टोबरको वार्ता पछि कतार र टर्कीको मध्यस्थतामा दुवै देशले युद्धविरामका लागि सहमती गरेको थियो । शान्ति वार्ताको मुख्य उद्देश्य सीमा क्षेत्रमा जारी गोलिबारी, सशस्त्र झडप र मानवीय क्षति रोक्नु थियो । उक्त सहमतिले एक साता भन्दा बढि चलेको लडाइँ लाई रोकेको थियो ।
कतारको दोहामा भएको उक्त वार्ता पछी पनि स्थिती पुर्ण रुपमा स्थिर हुन सकेन । युद्धविराम लागू भए पनि केही सिमामा गोलिबारि जारी रहिरह्यो । र अहिले फेरि युद्ध बल्झिएको छ ।
२०२१ मा तालिबानले पुनः सत्ता सम्हालेपछी, पाकिस्तान-अफ्गानिस्तानबीच विश्वासको कमि र सिमा विवाद चर्किएको थियो ।
अफ्गानिस्तान-पाकिस्तान बीच पुनः सिमा लडाइँ
तपाईंको प्रतिकृया




