काठमाडाै । ६ डिसेम्बरमा भारतको गोवामा रहेको नाइटकल्बमा लागेको आगलागीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको थियो । चारजना नेपाली नागरिक रहेको पुष्टि भएको छ । आगलागी भएको क्लबको नाम ‘ बर्च बाई रोमियो लेन’ हो जुन् गोवाको आर्पाेरामा अवस्थित छ । उक्त विषयलाई सम्बोधन गर्दै भारतमा रहेका नेपाली राजदुत शंकर प्रसाद शर्माले समवेदना व्यक्त गरेका छन् । उनले औपचारिक विज्ञप्ति मार्फत यो जानकारी दिएका थिए । उनले भने, “शोकाकुल परिवारप्रति मेरो हार्दिक समवेदना छ, र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु ।”
आगलागीमा मृत्यु हुने अधिकांश भारतीय थिए । जसमा २० जना कल्बका कर्मचारी थिए भने ५ जना पर्यटक भएको प्रमाणित भएको छ । आगलागी हुनुको कारण ‘विद्युतीय आतसबाजी’ रहेको बताइएको छ । जसका कारण क्लबभित्रका काठको संरचनामा आगो टिपेर आगो फैलिएको थियो । उक्त क्लबले कानुनी रुपमा फायर–सेफ्टी {fire-department NOC) प्राप्त नगरेको जानकारी अधिकारीहरुले दिएका छन् । यस घटना पश्चात भारत सरकारले व्यापक छानबिनको आदेश दिएको थियो र घटना संग आधारित ४ जनालाई आइतबार पक्राउ गरिएको जानकारी गोवाका मुख्यमन्त्री प्रमोद सान्तवले दिएका थिए । उनले अन्य नाइटकल्बहरुको पनि सुरक्षा अनुगमन गर्ने आदेश दिएका थिए । उनले घटना प्रति दुख व्यक्त गर्दै पर्यटकिय राज्यका लागि यो घटना “धेरै दुर्भाग्यपूर्ण” रहेको बताए ।
भारतका प्रधानमन्त्री नरेन्द« मोदीले पनि यस घटनालाई सम्बोधन गर्दै “ अत्यन्त दुःखद” बताएका छन् । उनले मृतकका परिवारप्रति समवेदना र घाइतेहरुलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । साथै मृतकको प्रत्यक परिवारलाई २ लाख रुपैयाँ एक पटकको अनुदान र घाइतेहरुलाई ५०,००० रुपैयाँ दिने घोषणा पनि गरेका थिए ।
गोवा नाइटकल्ब आगलागीमा ४ नेपालीको मृत्यु
तपाईंको प्रतिकृया




