बीमा

बलियो बन्दै ज्योति लाईफ इन्स्योरेन्सको जीबन बिमा कोष, बिमा शुल्कमा १२४ प्रतिशतको बृद्धी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । व्यवसाय शुभारम्भ गर्दा देखि नै घातक रोग उपचार सुविधा सहितका बीमा योजनाहरु बजारमा ल्याइ हाल सर्वाधिक संख्यामा घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र कम्पनीको रुपमा आफ्नो अलग्गै पहिचान बनाएको छ । वित्तीय विवरणमा अघिल्लो आ.व.को सोही अवधिको तुलनामा यस आव.को पहिलो त्रैमासमा कुल बिमा शुल्कमा १२४ प्रतिशतले बृद्धी भइ २७.६५ करोड आर्जन गरी दिर्घकालिन …

पुरा पढ्नुहॊस »

लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ प्रधानको कार्यकाल थपियो

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नूर प्रकाश प्रधानको कार्यकाल थपिएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले प्रधानको कार्यकाल थप्ने निर्णय गरेको हो । प्रधानलाई चार बर्षअघि कम्पनीको सीईओमा नियुक्त गरिएको थियो । उनले अब फेरी चार बर्षसम्म सीईओका रुपमा लुम्बिनी जनरल इन्स्योरेन्सको नेतृत्व सम्हाल्नेछन् ।

पुरा पढ्नुहॊस »

युनाइटेड इन्स्योरेन्सकाे ५ लाख कित्ता शेयर बिक्री खुला

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले संस्थापक तथा सर्वसाधारण तर्फको अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । सोही प्रयोजनको लागि इन्स्योरेन्स कम्पनीले शिलबन्द बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको छ । इन्स्योरेन्स कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म बिक्री खुल्ला गरि आवेदन माग गरेको थियो । त्यति बेला सो शेयर खरिद भएन । त्यसपछि इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको १ लाख ५७ हजार ६ सय कित्ता र …

पुरा पढ्नुहॊस »

बिमा व्यवसायमा सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बिमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरुप सम्मान गरेको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा आज मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई सम्मानपत्र प्रदान गरे । सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत झाले …

पुरा पढ्नुहॊस »

बीमा संस्थानको अध्यक्षमा गंगाराम कँडेल

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सञ्चालक समितिको अध्यक्षमा गंगाराम कँडेल नियुक्त भएका छन् । कँडेललाई गत साता बसेको मन्त्रिपरिषद् बैठकले उक्त पदमा नियुक्त गरेको हो । कँडेल लामो समयदेखि विद्यालय तथा कलेजहरूमा अध्यापन पेशमा सम्लग्न रहेका थिए । अध्यक्षमा नियुक्त भएका कँडेलेको वित्तीय क्षेत्रमा नयाँ अनुभव हो । कँडेलले व्यवस्थानमा एमबीए, तथ्यांकशास्त्रमा स्नाकोत्तर तथा विदेशबाट एक्चुरियल स्टाटिटिक्समा स्नातक गरेका छन् ।

पुरा पढ्नुहॊस »

ज्योति लाईफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । उक्त कम्पनीका क्षेत्रीय प्रबन्धक मोहन पुरीले बीमित स्व. जनक केसीको घरमै पुगी दुघर्टना मृत्यु बापत हुने बीमाङ्कको दोहोरो रकम रु २० लाख र बोनस बापतको रकम रु ५५ हजार गरी कुल २० लाख ५५ हजारको चेक हस्तार गरेका हुन् । स्व. केसीले यस कम्पनीको तुलसीपुर उपशाखाबाट गत चैत १२ गते रु १० लाख बीमाङ्कको बीमालेख …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरि दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीसँग जोडिए पछि इन्स्योरेन्स …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ११६.७० प्रतिशतले बढ्याे

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा ३१ करोड ५२ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लाे वर्षकाे तुलनामा ११६.७० प्रतिशतले बढी हाे । गत आवको पहिलो त्रैमासमा कम्पनीले १५ करोड ३९ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियाे । त्यस्तै, कम्पनीको खुद नाफा ५ करोड १ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा २ करोड ८१ …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफको सिटिजन शुभारम्भ जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन शुभारम्भ जीवन बीमा नामक नयाँ योजना सार्वजनिक गरेको छ । उक्त योजना  कम्पनीका सञ्चालक समितिका सदस्यहरु मनोज कार्की तथा दिपप्रकाश पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ब्राण्ड एम्बेसेडरद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको उपस्थितिमा सार्वजनिक  गरिएको हो । बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि १० हजार रुपैयाँको न्यूनतम बीमाङ्क रकमको बीमा गर्न सकिने यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितलाई डबल …

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्सको ३ महिनाको नाफा ७८ लाख

काठमाडौं ।  अजोड इन्स्योरेन्स  चालु आर्थिक वर्षको प्रथम तीन महिनामा  नाफा ७८ लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले प्रथम तीन महिनामा  २० करोड ७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ४ करोड २९ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको समिक्षा अवधिमा ३ हजार ७३५ बीमा लेख जारी गरेकोमा यस वर्षको समिक्षा अवधिमा २६ हजार …

पुरा पढ्नुहॊस »