आईएमई जनरलको साधारणसभाबाट ७ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको कम्पनीले वताएकाे छ । कम्पनीको चुक्ता पुँजी २ दशमलव ५० अर्ब पुर्‍याउन बीमा समितिले समयसीमा समेत तोकिदिएको हुँदाले चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस सेयर प्रदान गर्ने निर्णय साधारणसभाबाट पारित भएको छ । सेयर जारी भएपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४ सय २० पुग्ने भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेकोमा आव ०७७/०८७ मा एक अर्ब ५२ करोड २१ लाख बीमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा ९ प्रतिशतले बीमा शुल्क वृद्धि हुँदा चालु आर्थिक वर्षको चैत्रसम्म एक अर्ब २८ करोड ६१ लाख बीमा शुल्क आर्जन गरिसकेको कम्पनीले जनाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप