सन नेपाल लाइफले पायो आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र पाएकाे छ । कम्पनीले युकेएएस (युनाईटेड किङडम एक्रीडिएसन सर्भिस) बाट मान्यताप्राप्त एमटीभो लिमिटेड, यूकेबाट उक्त प्रमाणपत्र पाएकाे हाे ।

कम्पनीले आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्रले कम्पनीकाे सूचना सुरक्षण व्यवस्थापन प्रणाली (इन्फरमेसन सेक्युरिटी मेनेजमेन्ट सिस्टम) अन्तर्राष्ट्रिय मापदण्डबमोजिम रहेकाे पुष्टि गरेकाे जनाएकाे छ । कम्पनीले नेपालको बीमा ब्यवसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्डबमोजिम आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र प्राप्त गर्ने पहिलाे र एकमात्र जीवन बीमा कम्पनी रहेकाे दाबी गरेकाे छ ।

कम्पनीले आईएसओ/आईईसी २७००१:२०२२ को मान्यता प्राप्त गरेसँगै समयसमयमा हुने परीक्षणहरूबाट कम्पनीको सूचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुने जनाएकाे छ ।  साथै कम्पनीले निरन्तररूपमा यसको पालना र अभ्यासबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने विश्वास पनि लिएको जानकारी दिएकाे छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रभु महालक्ष्मी लाइफका कर्मचारीको तलब भत्ता १६ प्रतिशतले बढ्यो

prabhu_mahalaxmi

प्रतिकृया दिनुहॊस