मनॊरञ्जन

हिन्दी चलचित्रलाई उछिन्दै ‘आमा’को ट्रेलर ट्रेन्डिङ एकमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । युट्युब रिलिजको तेस्रो दिन ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । हस्पिटल ड्रामा चलचित्र ‘आमा’को ट्रेलर फुल लेन्थ हिन्दी चलचित्रलाई समेत पछि पार्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । अक्षयकुमारको सहित तीनवटा हिन्दी चलचित्रलाई ‘आमा’को ट्रेलरले पछि पारेको हो । बुढा सुब्बा युट्युब च्यानलबाट ट्रेलर लञ्च गरिएको थियो । फागुन ९ गते रिलिज हुने चलचित्रमा …

पुरा पढ्नुहॊस »

चलचित्र ‘दि कर्माको पहिलो गीत

काठमाडौं । चलचित्र ‘दि कर्माको पहिलो गीत सार्वजनिक गरिएको छ । गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर रहेको छ । चलचित्रमा  नायिका नीता ढुंगाना, करण वर्मा, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

धुर्मुस-सुन्तलीको सिनेमा ‘सेन्टी भाइरस’को पहिलो गीत रिलिज

काठमाडाैँ । धुर्मुस-सुन्तलीको प्रस्तुति सिनेमा ‘सेन्टी भाइरस’को पहिलो गीत रिलिज भएको छ। सिनेमाको ‘फनफनी’ बोलको गीत बिहीबार एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो। शंकर थापा स्माइलको संगीतमा बनेको गीतमा कालीप्रसाद बाँस्कोटा र मेलिना राईको स्वर छ । भने, गीतको शब्द रचना डिपी खनालले गरेका छन् । शंकर बिसी गीतका कोरियोग्राफर हुन्। सिनेमा फागुन ९ मा रिलिज हुनेछ।  

पुरा पढ्नुहॊस »

चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा  नायिका सुरक्षा पन्त,मिथिला शर्मा,सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, पदम प्रसाद पौडेल लगायतका कलाकारको भूमिका छ ।

पुरा पढ्नुहॊस »

सुमि खड्काको ‘कहाँ छौ लव’ को भिडियो सार्वजनिक

काठमाडौं ।  गायिका तथा मोडल सुमि खड्काको ‘कहाँ छौ लव’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमिको स्वर रहेको गीतमा शब्द अर्जुन भण्डारी र गीत तथा संगीत संयोजन कृष्ण केसीको रहेको छ ।

पुरा पढ्नुहॊस »

कलाकार दीपक क्षेत्रीको निधन

काठमाडौं । नेपाली चलचित्रका पुराना अभिनेता दीपक क्षेत्रीको निधन भएको छ । ५८ वर्षीय क्षेत्री शनिबार डिल्लीबजारस्थित आफ्नै निवासमा सुतेकौ अवस्थामा मृत भेटिएका हुन । उनको शवलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । क्षेत्रीले सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले ‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ ,‘छ माया छपक्कै’ जस्ता दर्जनौं फिल्महरुमा जिवन्त अभिनय गरेका छन् । …

पुरा पढ्नुहॊस »

जमैकन सुन्दरीले जितिन् मिस वर्ल्डको उपाधि

काठमाडौं । सन् २०१९ को  ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन्। विश्वका १११ देशका सुन्दरीर्लाई पछि पार्दै जमैकन सुन्दरी टोनीले उपाधि हात पारेकी हुन्। यस्तै प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन्।  

पुरा पढ्नुहॊस »

नायिका मनिषाका बाबु–आमाको वैवाहिक वर्षगाँठमा हिमानी

काठमाडौं । पूर्व युवराज्ञी तथा हिमानी ट्रस्टकी अध्यक्ष हिमानी शाह पछिल्लो समय सामाजिक कार्यमा मात्र होइन सार्वजनिक कार्यक्रममा समेत सहभागी हुन थालेकी छिन् । गत विहीबार नायिका मनिषा कोइरालाका बाबु–आमाको वैवाहिक वर्षगाँठको विशेष कार्यक्रममा समेत उनी सहभागी भएकी थिइन् । उनले कार्यक्रममा सहभागी हुँदै मनिषाका बाबा र आमालाई बधाई तथा शुभकामना दिइन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज तथा लोकप्रिय नेता बीपी कोइरालाका ज्येष्ठ पुत्र प्रकाश कोइराला र उनकी धर्मपत्नी सुष्मा …

पुरा पढ्नुहॊस »

चलचित्र ‘सेल्फी किङ्ग’को ‘जाली रुमाल’ बोलको गीत सार्वजनिक

चलचित्र ‘सेल्फी किङ्ग’को ‘जाली रुमाल’ बोलको गीत सार्वजनिक  भएको छ ।‘वी पाण्डेको शब्द, सुभाष भुषालको संगीत रहेको गीतमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर छ ।

पुरा पढ्नुहॊस »

‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक

काठमाडौं ।  फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक भएको छ ।‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत   छ भने सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । गीतको भिडियोमा नायिका पूजा शर्मा र नायक पल शाहलाई फिचरिङ गरिएको छ ।

पुरा पढ्नुहॊस »