सोफियालाई ‘मिस इको इन्टरनेशनल नेपाल’ को ताज

काठमाडौं । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् ।

भुजेललाई ‘मिस इको इन्टरनेशनल नेपाल’ को ताज सहित उक्त प्रतियोगीताका लागि ग्रिन आर्ट मिडियाले छानेको हो । भुजेल यस अगाडि पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय केही सौन्दर्य प्रतियोगीतामा सहभागी भएकी थिइन् ।

स्ट्याण्ड लन्च एण्ड बार बत्तिसपुतलीमा आयोजित एक कार्यक्रमका बीच ग्रिन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको आयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । भुजेललाई मिस इको इन्टरनेशनल नेपाल २०२०’ विजेता अनुष्मा रायमाझीले ताज लगाई दिएकी हुन् । रायमाझीले ‘मिस इको इन्टरनेशनल २०२०’ मा ‘मिस इको एशिया’ उपाधि नेपाल ल्याउन सफल भएकी थिइन् ।

भुजेल आगामी मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि भुजेल नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस