मनॊरञ्जन

‘कस्तो लाग्यो तिमीलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक

‘कस्तो लाग्यो तिमीलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा  कलाकार सागर लम्साल ‘बले’ र अनु काफ्ले अभिनय गरेका छन् । गीतमा स्वर, शब्द र संगीत गायक लोक पौडेलको रहेको छ ।भिडियोमा बिष्णु खड्काको सम्पादन रहेको छ भने राज खड्काको निर्देशन गरेका हुन् ।

पुरा पढ्नुहॊस »

नयाँ वर्षको अवसर पारेर ऋचाले गरिन् नयाँ फिल्मको घोषणा

काठमाडौं ।  नायिका ऋचा शर्माले अंग्रेजी नयाँ बर्षको अवसर पारेर नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । उनले, फिल्म ‘कौसीद’ निर्माण गर्न लागेको बताएकी छिन् । केदार भुषाल निर्माता रहने फिल्मलाई कुमार भाष्करले निर्देशन गर्नेछन् । भोलाराज सापकोटा र ऋचा शर्माको फिल्ममा मुख्य भूमिका रहनेछ ।

पुरा पढ्नुहॊस »

गायिका नीता पुन मगरको ‘के छ ज्यानलाई’ सार्वजनिक

काठमाडौं । गायक हेमन्त कान्छा र गायिका नीता पुन मगरको ‘के छ ज्यानलाई’ सार्वजनिक भएको छ । गीतको भिडियोमा नायक दिलिप रायमाझी र मोडल कविता नेपालीले अभिनय गरेका छन् । रमेश वीजीको शब्द तथा हेमन्तकै संगीत रहेको यो गीतको भिडियोको कुमन नेपालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको छ ।

पुरा पढ्नुहॊस »

नायिका वर्षा सिवाकोटी स्किन सिटीको सिइओमा नियुक्त

काठमाडौं । नायिका वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको कार्यकारी निर्देशक नियुक्त भएकी छिन् । छाला, कपाल तथा नङसँग सम्बन्धित काम गरिने स्किन सिटीमा आबद्ध भएसँगै वर्षाले आफ्ना शुभेच्छुकको साथ, सहयोग र सुझावको अपेक्षा गरेको बताइन् । चलचित्र उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौतीहरु धेरै छन् । तर, सम्भावना पनि धेरै देखेकी छु । लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहेको सबैलाई थाहै छ, मैले काम …

पुरा पढ्नुहॊस »

‘एउटा यस्तो प्रेम कहानी’ को ‘हलाल’ गीतमा सुस्माको आइटम

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा समावेश ‘हलाल’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ ।  सार्वजनिक गरिएको गीतमा मिना निरौलाको स्वर, बी.बी थापाको शब्द, किशोर थापाको संगीत रहेको छ । यो गीतको भिडियोमा नायिका सुष्मा कार्कीले आइटम नृत्य गरेकी छिन् । नायक शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय छ ।  यो चलचित्रबाट कविता मानन्धर, शक्ति श्रेष्ठ …

पुरा पढ्नुहॊस »

‘तिम्रो बानी परेछ’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । सनिश श्रेष्ठको स्वर रहेको गीतको‘म जुन बनिदिन्छु’भिडियो सार्वजनिक भएको छ । दधी अधिकारीको शब्द , कल्याण सिंहको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको छ।   भिडियोमा नायिका एलिजा गौतम र स्वयम गायक सनिश श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

गायक प्रताप दासको ‘नौ तले घर’

गायक प्रताप दास र गायिका तुलसा लिम्बुको स्वरमा समावेश ‘नौ तले घर’को गीत सार्वजनिक  गरिएको छ । गीतको भिडियोमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, गम्भिर बिष्ट र करिष्मा सिंह ठकुरीले अभिनय गरेकी छिन्। गीतमा निरज श्रेष्ठको संगीत संयोजन रहेको छ।  

पुरा पढ्नुहॊस »

म्युजिक भिडियोमा अन्जु पन्तकी छोरी

काठमाडौँ ।  गायिका अन्जु पन्तको नयाँ गीत ‘धेरै माया नदेऊ मलाई’ मा उनकी  छोरी परितोषिका पन्तले अभिनय गरेकी छिन्। भिडियोमा  परितोषिलाई मोडेल कुन्साङ बोम्जनले साथ दिएका छन् । सुरेश वाग्लेको शब्दको यो गीतमा अन्जु पन्त आफैंले संगीत दिएकी छिन्। गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । गीतको भिडियो गायिका पन्तको अफिसियल ‘युट्युब च्यानल’ मार्फत सार्वजनिक  गरिएको छ ।  

पुरा पढ्नुहॊस »

‘प्रेम गीत ३’ चैतमा रिलिज हुने

काठमाडौं । चलचित्र संघले आगामी पौष १० गतेबाट  फिल्म हल खोल्ने तयारी गरेको छ । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ । फिल्म हल खुल्यो र माहोल बन्यो भने ‘प्रेम गीत ३’ चैतमा रिलिज हुने पक्का भएको छ । फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ …

पुरा पढ्नुहॊस »

प्रविशा र सुरेशको ‘म जुन बनिदिन्छु’भिडियो सार्वजनिक

काठमाडौं । प्रविशा र सुरेशको ‘म जुन बनिदिन्छु’भिडियो सार्वजनिक भएको छ । गीतमा रंजित गजमेरको संगीत छ भने गोपाल लोहारको शब्द छ । गीतको भिडियोमा इन्जमम अली खान र जानकी थापाको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »