मिस नेपालको प्रतिस्पर्धामा ६ जना डाक्टर सुन्दरी

काठमाडौं । मिस नेपाल २०२२ मा विभिन्न पेशा व्यवसायका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् । अन्तिम २४ जनामध्ये ६ जना डाक्टर तथा तीन जना इन्जिनियर छन् । बाँकी उद्यमी र सञ्चारकर्मी छन् । मिस नेपाल आयोजक हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले विभिन्न पेशा व्यवसायका सुन्दरीको सहभागिताले प्रतियोगितालाई समावेशी बनाएको बताए ।

मिस नेपालमा अन्तिम २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुशनोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुन् । उनीहरुलाई प्रतिस्पर्धी नम्बर र ब्याच वितरण गरिएको थियो । मिस नेपालको ग्रान्ड फिनाले असार ४ गते ललितपुरको गोदावरीमा हुने भएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप