मनॊरञ्जन

विपिनको ‘अमेरिका मेरो बुढा छ’ मा शंकर बिसी र उषाको रोमान्स

काठमाडौँ । विपिन केसीको शब्दमा ‘अमेरिका मेरो बुढा छ’ बोलको गीत सार्वजनिक भएको छ । युवा व्यवसायी समेत रहेका गीतकार केसी लामो समयदेखि निरन्तर गीत लेखनमा सक्रिय छन् । गीतमा जय देवकोटा, रेजीना परियारले भरेका छन् । गीतको भिडियोमा मोडल शंकर बिसी, उषा सुवेदीलगायतका कलाकारको अभिनय देख्न किन्छ । मदन खड्का, शिव जी क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् । प्रकाश खड्काको सिनेम्याटोग्राफी रहेको गीतको भिडियोलाई …

पुरा पढ्नुहॊस »

कमेडियन राजु श्रीवस्ताव भेन्टिलेटरमा, अवस्था नाजुक

एजेन्सी । कमेडियन राजु श्रीवास्तवको अवस्था चिन्ताजनक रहेको छ । दिल्लीको एम्स अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । राजुका पीआरओ गर्वित नारंगले भने, ‘साँझ डाक्टरहरूले उनको एन्जोप्लास्टी गरेका छन् । तर उनको मष्तिष्कले प्रतिक्रिया दिइरहेको छैन । २३ घण्टाभन्दा बढी समय भइसकेको छ । पल्स ६०-६५ को बीचमा रहेको छ ।’ डाक्टरहरूका अनुसार राजुको मुटुको एक ठूलो हिस्सामा १०० प्रतिशत ब्लकेज रहेको थियो । राजुको नजिक रहेका मकबूल …

पुरा पढ्नुहॊस »

छायाँकार विदुर पाण्डेको निधन

काठमाडौँ । नेपाली फिल्मका छायाँकार विदुर पाण्डेको निधन भएको छ । पारिवारिक श्रोतका अनुसार बुधवार बिहान हृदयाघातको कारण पाण्डेको निधन भएको हो । काठमाडौँको गङ्गालाल हृदयरोग अस्पताल लैजाँदै गर्दा उनको निधन भएको बताइएको छ । ५५ वर्षीय पाण्डे पहिलो नेपाली डिजिटल फिल्म ‘कागबेनी’का छायाँकार हुन् । लामो समय टेलिभिजन तथा म्युजिक भिडियोमा काम गरेका पाण्डे पछिल्लो समय फिल्म छायाङ्कनमा व्यस्त थिए उनले पन्ध्र सय भन्दा बढी म्युजिक भिडियोको छायाङ्कन गरेका …

पुरा पढ्नुहॊस »

दिनेश थानीले ल्याए ‘पाइने रैछ माया’, एसराज र साक्षीको फिचरिङ (भिडियोसहित)

काठमाडौं । गायक दिनेश थानीको स्वरमा ‘पाइने रैछ माया’ सार्वजनिक भएको छ । गीतकार भवानी प्रसाद थानीको शब्दको गीतलाई प्रमोद पन्तले संगीतबद्ध गरेका छन् भने रिदम कँडेल यो गीतका संगीत संयोजक हुन् । निर्देशक रोशन कुमारले निर्देशन गरेको गीतको गीतको म्यूजिक भिडियोमा अभिनेता एसराज गराच र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । भिडियोलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन् र सम्पादन एवं कलरिङ मीन रावलले गरेका हुन् । भिडियोमा एउटा सांगीतिक …

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटलले सार्वजनिक गर्‍यो जनचेतनामूलक भिडियो ‘आशा’

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु लिटिल क्याम्प’ योजना शुरुवात गरेको छ । लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीको लागिलगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारासहित शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथसहित बालदिवसको शुभअवसर पारेर ‘प्रभु लिटिल क्याम्प’ योजना शुरुवात गरेको हो । यसै विषयलाई लिएर हाल प्रभु क्यापिटलले “आशा”नामको …

पुरा पढ्नुहॊस »

अश्लिल भिडियो पोस्ट गरेको आरोपमा दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय

एजेन्सी । अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । दुई प्रख्यात मोडल नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई संस्कृति र मर्यादालाई हानी पुर्‍याउने कार्य गरेको आरोप लगाइएको छ । उनीहरूले कथित अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानी पुगेको जुन्ता सेनालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दुबै मोडलले ती भिडियोहरू विगत केही महिनाहरूमा …

पुरा पढ्नुहॊस »

गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडिन्

काठमाडौँ । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगकाे इन्गेजमेन्ट ताेडेकाे बताएकी छन् । उनले आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेज तोड्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने समेत स्पष्ट पार्दै लेखेकी छन्, ‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो ।’ त्यस्तै उनले आफूहरूको विचारमा …

पुरा पढ्नुहॊस »

लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र गायक अमृत खातीको आवाजमा नयाँ सांगीतिक लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक भएको छ । जनचेतानामूलकसहित अनेक गीतगायन, लेखन र सङ्गीतमा काम गर्दै आएका गायक खातीको शब्द सङ्गीतमा रहेको उक्त गीत डिएआर मुभिजमार्फत सार्वजनिक भएको हो । काजिस श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा लोमस शर्मा र सन्ध्या सानुको अभिनय छ । गीतको छायाङ्कन मुकेश हुमागाई र सम्पादन दीपक खड्काले गरेका छन् …

पुरा पढ्नुहॊस »

‘द भ्वाइस अफ नेपाल’ को ‘कोच’ मा राजेश पायल र प्रविशाको प्रवेश

काठमाडौँ । गायन ‘रियालिटी शो द भ्वाइस अफ नेपाल’ को चौथो सिजनको औपचारिक घोषणा गरिएको छ । आउँदो महिनादेखि प्रशारण तयारी रहेको चौथो सिजनका लागि दुई कोच परिवर्तन गरिएको छ । चौंथो सिजनका लागी राजेश पायल राई र प्रविशा अधिकारीले प्रवेश पाउँदा पहिलो सिजनबाटै कोचका रुपमा रहेका दीप श्रेष्ठ बाहिरिएका छन् । पछिल्लो सिजनमा जोडिएकी त्रिशला गुरुङ पनि चौथो सिजनमा अटाउन सकिनन् । गायक प्रमोद खरेल र राजु लामाले भने …

पुरा पढ्नुहॊस »

राजेश पायलको गीतमा ‘साली-भेना’ बने अन्जली र सुधीर (भिडिओ)

काठमाडौँ । नेपमेलो अस्ट्रेलियाको प्रस्तुतिमा गायक राजेश पायल राई र गायिका सुरेखा क्षेत्रीको स्वरमा रहेको गीत ‘दाईकी कान्छी साली’को भिडियो सार्वजनिक भएको छ ।  गीतमा सन्तोष पोखरेलको शब्द तथा करण राज कार्कीको सङ्गीत रहेको छ । गम्भीर विष्टको निर्देशनमा बनेको भिडियोमा सुधीर श्रेष्ठ र अन्जली अधिकारीले भिनाजुको भाइ र दाईकी कान्छी सालीको भूमिकामा अभिनय गरेका छन् । नृत्यमा आधारित भिडियोमा गाउँले जीवनलाई चित्रण गरिएको छ । यसका कोरियोग्राफर सुबोल थापा …

पुरा पढ्नुहॊस »