‘चारकुने रुमाल’मा प्रकृति

काठमाडौं । अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र गायक अल्मोडा राना उप्रेती अभिनित गीतको भिडियो ‘चारकुने रुमाल’ सार्वजनिक भएको छ । गीतको भिडियोमा कृतिका श्रेष्ठको अभिनय रहेको छ । सुरक्षा सेञ्चुरी र अल्मोडा राना उप्रेतीको स्वर रहेको यस गीतमा टीका दहालको संगीत छ । गीतलाई प्रदीप पोख्रेलले रचना गर्नुभएको हो ।

गीतमा स्वयं गायक उप्रेतीको संगीत संयोजन छ । रंगीत बल्लव उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो । लिजेन्स इन्टरनेशनलको एजुकेशनको सहयोग रहेको गीतको भिडिलाई गायक उप्रेतीको अफिसिएल युट्युब च्यानल अल्मोडा राना उप्रेतीमार्फत सार्वजनिक भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूजालाई समीक्षाको आग्रह- म तपाईँलाई दिदी मान्छु, यसरी पीडा नदिनुस्, प्लिज !

काठमाडौं । गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी …

प्रतिकृया दिनुहॊस