राजा ल्याऔँ देश बचाऔँ महाअभियान गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ । राजसंस्था पक्षधरहरूले सडक आन्दोलन गर्दा सबैभन्दा बढी गुञ्जने नारा हो– ‘राजा आऊ देश बचाउ’ । यही नारालाई केन्द्रमा राखेर एउटा गीतसमेत रेकर्ड भएको छ ।

राजसंस्थाप्रति झुकाव राख्ने सर्लाहीका गायक योगाज राजनले यो गीत निर्माण गरेर सार्वजनिक गरेका हुन् । युट्युबमा सार्वजनिक भएको गीतमा राजनलाई उनकै छोरी तिलस्मी खड्काले स्वर दिएकी छन् । अहिले देशको दुरावस्थाका कारण राजनीतिक विषयवस्तुको गीत बनाएको राजन बताउँछन् ।

यो गीतमा शब्द र सङ्गीत उनको आफ्नै छ । म्युजिक डिजाइन डीजेएलएक्स पौडेलले गरेका छन् भने भिडिओ निर्देशन र सम्पादन अरुण लम्सालको रहेको छ । तिलस्मी खड्काको युट्युब च्यानलबाट यो गीत सार्वजनिक भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds