‘लहरै आयो तीजैको बरिलै’ भन्दै रेखा शाह

काठमाडौं । गायिका रेखा शाहको स्वरमा रहेको तीज गीत ‘लहरै आयो तीजैको बरिलै’ सार्वजनिक भएको छ । टेकेन्द्र नेपालीको शब्द तथा संगीत र पवन रानाभाटको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । रेखाकै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ ।

भुपेन्द्र खड्काले निर्माण गरेको भिडयोमा गायिका रेखासँगै दुई नायिका स्वेता खड्का र नीता ढुंगानाले कम्मर मर्काउनु भएको छ । स्मृति तिमल्सिनाको कोरियोगफी रहेको भिडियोमा रूपेश थापाको छायांकन र मिलन विश्वकर्माको निर्देशन अनि सम्पादन छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री