भजन ‘नस्वर छ देह’ सार्वजनिक

काठमाडौं । भान्सा सुधार नेपालका अभियन्ता साहित्यकार तथा गीतकार कबिता दाहालको भजन ‘नस्वर छ देह’ सार्वजनिक भएको छ । कविता दाहालको शब्दमा संगीतकार कीर्ति न्यौपानेले भजनको लय भर्नुभएको छ भने गायीका सुजाता वर्माको स्वर रहेको छ । पुरुषोतम सुवेदीको को एरेञ्ज रहेको गीतको रेकर्डिङ, पर्पल स्टुडियोमा रेकडिङ् र मिक्सिङ/मास्टरिङ सुमन खड्को छ । ‘कविता दाहाल’को अफिसियल युट्युबमार्फत् भजनको भिडियो सार्वजनिक गरिएको हो ।

जीवन मुकारुङको निर्देशनमा तयार भएको भिडियोमा कविता दाहालसँगै दिक्षा अधिकारी, समिक्षा अधिकारी, सावित्रा अधिकारी र सुरेश घिमिरे ‘निष्चन्त’को अभिनय छ । योगेन मुकारुङको छायांकन र जीवन मुकारुङको सम्पादन एवं कलरिङ रहेको गीतको छायांकन भक्तपुर डल्लु आसपासमा गरिएको हो । उदयपुर जिल्लामा जन्मिनुभएकी साहित्यकार तथा गीतकार कविता दाहाल भान्सा सुधार अभियान समाज सेवा, साहित्य र गीतसंगीतमा निरन्तर हुनुहुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘लाज शरणम्’ मा धुर्मुस

काठमाडौं । झण्डै पाँच वर्षपछि हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा फर्किएका छन् । कुमार …

प्रतिकृया दिनुहॊस