मनॊरञ्जन

छैटौं निफमा ‘हेर्दा हेर्दै कहाँ पुगियो’मा गहन छलफल

काठमाडौं । चैत २ देखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्टिय चलचित्र महोत्सव (निफ)को तेस्रो दिन शनिबार ‘हेर्दा हेर्दै कहाँ पुगियो’ विषयक सेसन सम्पन्न भयो । भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा सम्पन्न उक्त सेसनका प्रमुख वक्ताहरुमा चलचित्र निर्माता तथा प्रदर्शक अशोक शर्मा, अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक सुजित बिडारी थिए । नेपाली फिल्म पहिला र अहिले विषयक छलफलमा दर्शकको सोचलाई केन्द्रमा राखेर डेढ घण्टासम्म सेसन चलेको थियो । सेसनको संयोजन मुभी …

पुरा पढ्नुहॊस »

अस्मिता अधिकारीको ‘मखमली’मा कुन्साङ र मिरुनाको प्रेम

काठमाडाैं । अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ। द्रिप चाम्लिङको शब्द सृजना रहेको गीतमा सन्तोष सुनारको सङ्गीत छ। रचनाकार चाम्लिङले नेपाली परिवेश र भूगोलको भावलाई उतारेको गीतमा सन्तोषको सङ्गीत र अस्मिताको स्वरले प्राण भएको छ। भिडियोको कन्सेप्टमा केही फरक गर्ने कोसिस निर्देशक राजेश पुमा राईले गरेका छन्। दर्जनौँ सुपर हिट गीत निर्देशन गरिसकेका राजेशले आकर्षक सेट लगाएर भिडियो खिचेका छन्। मिरुना मगर र कुन्साङ बोमजन गीतको …

पुरा पढ्नुहॊस »

‘प्रेमा’को ‘फूल यो चुँडेर’ सार्वजनिक

काठमाडौं । यही १७ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेमा’को ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ । एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । चलचित्रका प्रमुख तीन कलाकार शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्रीलाई फिचरिङ गरिएको गीतमा अरुणले प्रेमको पीडा पोख्नुभएको छ । गीतमा अरुणले गायन रियालिटी शो ‘सुर सितारा’मा यो गीत गाएर प्रेम पीडा व्यक्त गरेको …

पुरा पढ्नुहॊस »

‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन आजदेखि

काठमाडौं । ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन आजदेखि सञ्चालनमा आउने भएको छ । हास्य अभिनेता जितु नेपाल (मुन्द्रे)ले ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन आजदेखि प्रसारणमा आउन ल्याउन लागेका हुन् । आजदेखि हरेक बिहीबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा यो शो प्रशारणमा आउनेछ । युट्युबमा भने ओएसआर डिजिटलमार्फत यो शो सार्वजनिक हुने बताइएको छ । यस सिजनमा अध्यक्षमा अभिनेत्री प्रियंका कार्की छन् भने निर्देशकमा दिनेश डीसी रहेका छन् । कलाकारहरूमा दमन …

पुरा पढ्नुहॊस »

नयाँ स्वरूपमा ‘टिकुली ट्याक’

काठमाडौं । वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले विसं २०२८ मा तयार गरेको ‘टिकुली ट्याक’ बोलको गीत नयाँ स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको छ । ५१ वर्षपछि पुनः रेकर्ड गरिएको गीतमा रमेश प्रसाईंले स्वर दिनुभएको छ । कलाकार दीपक आचार्य (काकु)ले निर्देशन तथा निर्माण गरेको गीतको भिडियोमा हरिश निरौला, प्रियना आचार्य, पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्माले अभिनय गर्नुभएको छ । भिडियोमा सुबोल थापाले कोरियोग्राफी र पवन सुस्लिङले छायांकन गरेका …

पुरा पढ्नुहॊस »

फिल्म ‘नीरफूल’ जेठ १९ गते प्रदर्शन हुने

काठमाडौँ । कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । विसं २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै कोरोना महामारीका कारण सम्पूर्ण फिल्महल बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो । भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेका प्रयत्नमा आधारित सो फिल्म फूलमान वलले निर्देशन गरेका हुन् । रुबिभ्याली र काठमाडौँमा …

पुरा पढ्नुहॊस »

चलचित्र ‘नाईं न भन्नू ल ६’ को पहिलो गीत ‘दिउँला माया’ सार्वजनिक

काठमाडौं । निर्देशक विकाशराज आर्चायद्वारा निर्देशित चलचित्र ‘नाईं न भन्नू ल ६’ को पहिलो गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सोमबार चलचित्रको ‘दिउँला माया’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा नव अभिनेता आशिर्वाद क्षेत्री र आँचल शर्मालाई फिचर्ड गरिएको छ । शरद शंकर र बेनिशा पौडेलको स्वर रहेको गीतमा निर्देशक आचार्यकै शब्द रहेको छ भने शरद शंकरले नै संगीत भरेका छन् । चलचित्रमा आँचल र आशिर्वादसँगै …

पुरा पढ्नुहॊस »

‘नाटु–नाटु’ गीतले रच्यो इतिहास, जित्यो ओस्कार अवार्ड

एजेन्सी । सन् २०२३ को ओस्कारमा भारतले दुईवटा अवार्ड पाएको छ । निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ ले इतिहास रच्दै ‘बेस्ट ओरिजिनल गीत’ विधामा ओस्कार अवार्ड जितेको हो । ‘नाटु–नातु’ ओस्कार जित्ने पहिलो भारतीय प्रोडक्सनले बनाएको गीत हो । गीत संगीतकार एमएम किरावाणीले अवार्ड जितेपछि एकेडेमी अवार्डलाई धन्यवाद दिँदै भने, ‘म सिकर्मीहरुको कुरा सुनेर हुर्केको मान्छेले आज ओस्कार जितेको छु ।’ यसअघि भारतको ‘द एलिफन्ट व्हिस्पर्स’ ले उत्कृष्ट वृत्तचित्र …

पुरा पढ्नुहॊस »

कलाकार संघको अध्यक्ष बन्न मोहन र रेजिना मैदानमा

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको चैत्र ४ गते हुने १९औं अधिवेशन तथा नयाँ कार्यसमिति चयनका लागि अध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्षमा मोहन निरौला र रेजिना उप्रेतीले उम्मेदवारी दिएका हुन् । शनिबार गरिएको मनोनय दर्तामा उपाध्यक्षमा सात जना, महासचिवमा पाँचजना, सचिवमा दुईजना, कोषाध्यक्षमा दुई जना, सह-कोषाध्यक्षमा दुईजना र सदस्यमा २६ जना गरी जम्मा ४६ जनाको उम्मेदवारी परेको छ । दुवैजना अध्यक्षका उम्मेदवार हाल संघमा उपाध्यक्षका रूपमा छन् । …

पुरा पढ्नुहॊस »

कमल राईको ‘के छ त्यस्तो’

काठमाडौं । कमल राईको स्वरमा रहेको गीत ‘के छ त्यस्तो’ सार्वजनिक भएको छ । राईकै शब्द, संगीत तथा एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । राईकै निर्देशन रहेको गीतको भिडियोमा करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ । नक्षत्र फाउण्डेसनको प्रस्तुतिमा तयार भिडियोमा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको नक्षत्र फाउण्डेसनकै कथालाई देखाउन खोजेको छ । पछिल्ला केही वर्षदेखि सामाजिक काममा सक्रिय नक्षत्र फाउण्डेसनले गरिब, असहाय र निमुखा बालबालिकाहरूको शिक्षा र स्वास्थ्यको …

पुरा पढ्नुहॊस »
This will auto close after