काठमाडौं । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले यसवर्षको गाईजात्रालाई लक्षित गर्दै गाइजात्रे कमेडी ‘लुछाचुँडी’ ल्याउनुभएको छ । ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक ‘लुछाचुँडी’मा देशमा देखिएका अनेक विकृतिलाई तीखो व्यग्य गरिएको छ । उहाँले विविध विषयका साथै हार्ने नेतादेखि जित्ने पार्टीसम्मलाई व्यग्य कस्नुभएको छ । जोगिन्दरलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिनुभएको छ । गीतका शब्द लोकराज अधिकारीले लेख्नुभएको हो ।
पुरा पढ्नुहॊस »सारिकाको स्वरमा ‘कलियुग कि राधा’
काठमाडौं । सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको संगीत/एरेञ्ज रहेको ‘कलियुग कि राधा’ गीतको भिडियो सार्वजनिक भएको हो । गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै फिचरिङ गरिएको छ । भिडियोमा दिनेश पराजुलीको छायांकन र अनिता ग्वाचाको शृंगार छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युब च्यानलमार्फ सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न …
पुरा पढ्नुहॊस »सारुकको मोबाइलमा भेटियो सुसाइड नोट- कसैलाई दु:ख नदिन प्रहरीलाई अनुरोध !
काठमाडौँ । अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ । गत असार २१ गते काठमाडौं रातोपुलस्थित आफ्नै निवासमा भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीकाअनुसार सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेको भेटिएको छ । सारुकले नोटमा लेखेका छन् – ‘पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । …
पुरा पढ्नुहॊस »सिनेरोयलः नेपालमा सिनेम्याटिक अनुभवमा नयाँ बेन्चमार्क
काठमाडौँ । तीन स्क्रिनको आधुनिक लक्जरी सिनेमा हल सिनेरोयलले सबै चलचित्र प्रेमीहरूका लागि ढोका खोलेको छ र यसले नेपालका सिनेमा घरहरूप्रतिको वर्तमान धारणालाई परिवर्तन गरेको छ । अत्याधुनिक प्रविधि, आलीशान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ । ३ ओटा ऑडिटोरियममा ५६० सीटहरूको साथ, सिनेरोयल आधुनिक कला डेको डिजाइनको उत्कृष्ट बेजोड नमुना पनि हो । अत्याधुनिक प्रविधि र परिष्कृत आरामदायी …
पुरा पढ्नुहॊस »मिसेस क्यापिटल क्वीन नेपालको उपाधि लक्ष्मीलाई
काठमाडौं । यस वर्षको मिसेस क्यापिटल क्वीन नेपालको उपाधि लक्ष्मी भुसालले पहिरिनु भएको छ । काठमाडौंमा सम्पन्न भएको प्रतियोगितामा उहाँले सो उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको कार्यक्रममा विजेताको ताजसँगै लक्ष्मीले बैंकक टुर प्याकेजसमेत प्राप्त गर्नुभएको छ । उक्त प्रतियोगितामा रिद्धि शर्मा फष्ट रनर अप र विमला श्रेष्ठ सेकेण्ड रनर अप हुनुभएको थियो । विवाहित महिलाहरूको राष्ट्रिय स्तरको यो सौन्दर्य प्रतियोगिता छैटौं …
पुरा पढ्नुहॊस »सरुलाई द नेशनल डिजाइनर रनवेको उपाधि
काठमाडौं । रनवे ‘द नेशनल डिजाइनर रनवे २०२३’ को ग्रीष्मकालीन संस्करणको उपाधि आइआइएफटी नेपाल कलेजकी सरु सुवेदीले जित्नुभएको छ । मोडल संग्स नेपालको आयोजनामा सम्पन्न भएको कार्यक्रममा नमुना कलेजकी रफिना महर्जनले फष्र्ट रनरअप हुनुभयो । रोजिन शाक्यको कोरियोग्राफी तथा परमानन्द चौधरीको निर्देशनमा सञ्चालित प्रतियोगितामा दीपक घिमिरे, रेजिना तुलाधर, धीरज तण्डुकार, प्रमिला सिलवाल र सजिना विष्ट त्रिपाठी निर्णायक रहनुभएको थियो । उत्कृष्ट मोडलहरूको उत्साहजनक प्रस्तुतिमा प्रशस्त रचनात्मकताका साथ, ‘द नेशनल डिजाईनर …
पुरा पढ्नुहॊस »सौरभ ज्योतिको ‘छ-जी’ (भिडियोसहित)
काठमाडौं । ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतिको स्वर रहेको गीत ‘छ-जी’सार्वजनिक भएको छ । सौरभको आफ्नै शब्द र जेम्स प्रधानको संगीत रहेकोे नेवारी गीत ‘छ-जी’को भिडियो सार्वजनिक भएको हो । ज्योत्सना योगीको निर्देशन रहेको गीतको भिडियोमा सौरभसँगै आचल ताम्राकार, रसिक श्रेष्ठ, सिर्जना शाक्य ज्योति र टीका निरौलाको अभिनय छ । नयन राईले छायांकन गरेको गीतको भिडियो अशोक अधिकारी र न्हुजन डंगोलले सम्पादन गर्नुभएको छ । प्रेमभावमा आधारित गीतको भिडियोे एस जे …
पुरा पढ्नुहॊस »युट्युब ट्रेन्डिङको एक नम्बरमा प्रकाश सपूतको ‘दमाई महाराज’ (भिडिओ)
काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत ‘दमाई महाराज’ ट्रेन्डिङमा एक नम्बरमा पुगेको छ । शुक्रबार साँझ सार्वजनिक भएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । प्रकाशकै शब्द र संगीत रहेको गीतमा शान्तिश्री परियारले स्वरमा साथ दिनुभएको छ । गीत जातीय विभेदविरुद्ध रहेको छ । भजन शैलीमा ल्याइएको गीतमा धार्मिक अध्ययन र भक्तिबाट पारंगत भएर फर्किएको दलित समुदायलाई प्रस्तुत गरिएको छ । सार्वजनिक गीतको भिडियोको निर्देशन पनि प्रकाश स्वयंले …
पुरा पढ्नुहॊस »यस्तो छ प्रकाश सपुतको ‘दमाई महाराज’ (भिडिओ)
काठमाडौँ । गायक प्रकाश सपुतले नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘दमाई महाराज’ बोलको गीत सार्वजनिक गरेका हुन् । सपुतलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छिन् ।प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेका छन् । गीतमा गम्भिर विष्टले कोरियोग्राफी गरेको गीतमा प्रकाश सपुत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल …
पुरा पढ्नुहॊस »घरजग्गा कारोबारमा कडाइ गर्दा आर्थिक मन्दी : दीपकराज गिरी
काठमाडौँ । चलचित्र निर्माता एवम् कलाकार दीपकराज गिरीले देश जनशक्ति उत्पादन गर्ने थलोमात्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत देशले निर्यात गर्ने केही नभएको बताएका हुन् । कल कारखाना, उद्योग धन्दाको वातावरण नै नभएको कलाकार गिरीको भनाई छ । ‘हामीले निर्यात गर्ने खासै केही छैन । हाम्रो देश जनशक्ति उत्पादन गर्ने देश हो !,’ उनले भनेका छन्, ‘कल कारखाना, उद्योग धन्दाको वातावरण नै छैन ।’ कलाकार गिरीले घरजग्गा कारोबारमा …
पुरा पढ्नुहॊस »