उर्जा

Energy related news.

हावाबाट विद्युत् उत्पादन गरिने

लमही । दाङमा स्वच्छ उर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकालिने भएको छ । दाङ गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेरामा हावाबाट विद्युत् निकालिने भएको हो । स्याटलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाएको इञ्जिनीयर गौरव दुलालले जानकारी दिए । “कुन ठाउँमा कति हावा लाग्छ भनेर नाप्ने यन्त्र नेपालमा त छैन”, उनले भने, “तर स्याटलाइटको माध्यामबाट सम्भावित क्षेत्रमा काम अगाडि बढाइरहेका छौँ ।” “ती …

पुरा पढ्नुहॊस »

अाजबाट मध्य भोटेकोशीको आइपिओ, शेयर भर्न के-के चाहिन्छ?

काठमाडाैं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता …

पुरा पढ्नुहॊस »

२६ वर्षपछि गाउँमा विजुली

दार्चुला । महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्र्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युतीकरणका लागि प्रयास थालेको २६ वर्षपछि बल्ल विजुली बाल्न पाएका छन् । गाउँकै खोलाबाट महाकाली नगरपालिकाको डुङुरीमा २०४९ सालमा नै दुई सय किलोवाट विद्युत् उत्पादन भएको थियो । सो विद्युत्बाट सदरमुकामसहित पूरै महाकाली नगरपालिका झिलमिली हुँदा पनि १० किलोमिटर टाढाको मुल्ला गाउँका बासिन्दाले विजुली बाल्न पाएका थिएनन् । वरपरका गाउँमा यसअघि नै विजुली बलेको थियो । साहुले २०४९ सालमा …

पुरा पढ्नुहॊस »

प्रदेश ३ का मुख्यमन्त्रीलाई विद्युतीय कार

हेटौँडा । ३ नं प्रदेशको प्रदेश सरकारले मुख्यमन्त्री डोरमणि पौडेलका लागि विद्युतीय कार खरीद गरेको छ । सूर्या गुड्स सप्लाइ प्रालिमार्फत खरीद गरिएको चीनमा निर्मित बि वाइ डी कम्पनीको कार दुई घण्टा चार्ज गरेपछि ४०० किमीसम्म चल्ने ३१७ भोल्ट क्षमताको रहेको छ । विद्युतीय कार १० वर्षसम्म सामान्य ब्याट्री मर्मत मात्र गरे पुग्ने बताइएको छ । पेट्रोल र डिजेलको कार–जीपभन्दा सञ्चालन खर्च निकै कम हुने विशेषता भएको सो कारको मूल्य  …

पुरा पढ्नुहॊस »

माथिल्लो तामाकोसीको सेयर भर्नेजति सबैले पाउने

काठमाडाैं । माथिल्लो तामाकोसीको प्राथमिक सेयर (आइपिओ) भर्नेजति सबैले पाउने भएका छन् । बिक्री प्रवन्धक नागरिक लगानी कोषका अनुसार कुल ३ लाख ४६ हजार १६६ जनाले आवेदन भरेका छन् । सो संख्याबाट ६ अर्ब ७० करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको कोषका उपव्यवस्थापक रोशनजंग कार्कीले जानकारी दिए । यसअघि प्रभावित स्थानीयको कोटाबाट सेयर पाएकाले अहिले भरेमा त्यो रद्द गरिने कार्कीले बताए । त्यस्तै संचयकोषमा पैसा जम्मा गर्नेहरु, विद्युत …

पुरा पढ्नुहॊस »

लक्ष्मीपूजामा एक हजार १०५ मेगावाट विद्युत् माग

काठमाडाैं । यस वर्षको लक्ष्मीपूजाका दिन देशभर घरायसी ग्राहकले कूल एक हजार १०५ मेगावाट विद्युत् प्रयोग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन कुनै पनि घर अँध्यारो बस्न नपरोस् भन्ने मान्यताका साथ सम्पूर्ण व्यवस्था मिलाएको र अधिकतम माग सोही परिमाणमा भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यही कात्तिक २१ गते बुधबार लक्ष्मीपूजाको दिन साँझ ६ बजे गरिएको मापनमा घरायसी ग्राहकले गत वर्षभन्दा कम विद्युत् प्रयोग …

पुरा पढ्नुहॊस »

तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा वितरण

दमौली । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाका लागि तीन करोड ११ लाख ६२ हजार मुआब्जा वितरण गरेको छ । व्यास नगरपालिका-५ वेतेनीका आयोजना प्रभावित ६२ मध्ये २० परिवारले मुआब्जा रकम बुझेको आयोजनाका साइट इञ्चार्ज इञ्जिनियर विदुर अधिकारीले बताउनुभयो । मङ्गलबारसम्म अधिग्रहण गरिएको ६० रोपनी जग्गामध्ये नौ रोपनीको मुआब्जा रकम वितरण गरिएको छ ।  आयोजनाले जग्गा अधिग्रहणका लागि रु सात करोड ७३ लाख …

पुरा पढ्नुहॊस »

बिजुलीको उज्यालोसँगै स्थानीय बासिन्दा हर्षित

काठमाडाैं । टुकीको भरमा रात बिताउनेले पहिलो पटक घरमा विद्युत् जडान गरी उज्यालोमा बस्न पाएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । वर्षौंदेखि टुकीको भरमा बस्न बाध्य बस्तीमा विद्युत् विस्तारसँगै उनीहरुको अँध्यारोमा रात बिताउनुपर्ने समस्या टरेको छ । तिनाउ गाउँपलिकाको ६७ लाख ७४ हजार आर्थिक सहयोग र नेपाल विद्युत् प्राधिकरण पाल्पाको प्राविधिक सहयोगमा पाल्पाकाे तिनाउ गाउँपालिका–४ सत्यवतीस्थित बोङरी टोलमा विद्युत् विस्तार गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए । उपभोक्ता समितिका अध्यक्ष …

पुरा पढ्नुहॊस »

लक्ष्मी पूजाको दिन विद्युतको माग घट्यो

काठमाडाैं । लक्ष्मी पूजाको दिन अघिल्लो वर्षको तुलनामा विद्युत माग घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको भार प्रक्षेपण केन्द्रका अनुसार बुधबार लक्ष्मी पूजाको दिन विद्युतको उच्चतम माग ११ सय ५ मेगावाट मात्रै थियो । अघिल्लो वर्ष लक्ष्मी पूजाको दिन विद्युतको माग ११ सय ६५ मेगावाट पुगेको थियो । अघिल्लो वर्षको तथ्यांकको आधारमा प्राधिकरणले यो वर्ष लक्ष्मी पूजाको दिन विद्युतको उच्चतम माग ११ सय ७० मेगावाट पुग्ने अनुमान गरेको थियो …

पुरा पढ्नुहॊस »

तामाकोशीको आईपीओ : ६ अर्ब ७० करोडको आवेदन

काठमाडाैं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आईपीओ) मा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन् । कम्पनीले आज साँझ उपलब्ध गराएको अन्तिम विवरणअनुसार ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार केही आवेदन भने रद्द हुने देखिएको छ । नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट नभएका केही शेयर आवेदन …

पुरा पढ्नुहॊस »