काठमाडौँ । धितोपत्र दोस्रो बजारमा आज आइतबारबाट तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर कारोबार खुला भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको ओपनिङ रेन्जभित्र कम्पनीको सेयर स्पेसल प्रि–ओपन सेयर किनबेच भएपछि नियमित समयका लागि कारोबार खुला भएको हो।
प्रि–सेसनमा तेह्रथुम पावरको २५४.२० रुपैयाँमा पहिलो कारोबार भएको छ।
नेप्सेले पहिलो कारोबारका लागि तेह्रथुम पावरलाई प्रतिकित्ता न्यूनतम ८४.७४ रुपैयाँदेखि अधिकतममा २५४.२२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो।
तपाईंको प्रतिकृया



