दुई प्रसारण लाइनबाट हात झिक्दै विश्व बैंक

काठमाडौं । समयमै आयोजना सम्पन्न गर्न नसकेको कारण देखाउँदै विश्व बैंक दुई प्रसारणलाइन निर्माणबाट पछि हटेको छ । विश्व बैंककै सहुलियत ऋण र सरकारको लगानीमा हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी र हेटौंडा–भरतपुर–बर्दाघाट २२० केभी प्रसारणलाइन निर्माणाधीन छन् ।

उक्त निकाय यही कात्तिक १४ गतेदेखि आयोजनाको ऋण लगानीकर्ताबाट बाहिरिन लागेको विद्युत् प्राधिकरणका प्रसारणलाइन प्रमुख दीर्घायु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आयोजनाको पछिल्लो म्याद यही कात्तिक १४ गते सक्किने हुँदा उसले पुनः निरन्तरता नदिने भएको हो ।

विश्व बैंकले करिब १ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण दिएको थियो । यी दुई आयोजनाको कुल लागत करिब ८ अर्ब रुपैयाँ छ । सरकारको लगानी हालसम्म ४ अर्ब रुपैयाँ भइसकेको छ । आयोजनामा लगानी जुटाउने तयारी भइरहेको प्राधिकरण स्रोत बताउँछ ।

४०० केभी र २२० /१३२ /३३ केभी सबस्टेसनको प्रगति क्रमशः ६५ र ८५ प्रतिशत मात्रै छ । विश्व बैंकसँगको सम्झौताअनुसार ठेक्का लागेको तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपथ्र्यो। हेटौंडा–ढल्केवर–इनरुवा सन् २०११ मा र हेटौंडा–भरतपुर–बर्दाघाट सन् २००८ देखि ठेक्का लागेका आयोजना हुन्। तर, एक दशक बितिसक्दा पनि काम सक्नुको साटो अझै ढिलाइ भएको कारण देखाउँदै विश्व बैंकले हात झिकेको प्राधिकरण स्रोत बताउँछ । यो अवधिमा यी आयोजनामा दुई नयाँ ठेकेदार आइसकेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस