विद्युत प्राधिकरण एक खर्ब पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब पुग्यो

  • प्राधिकरणमा कुलमान घिसिङका तीन वर्ष : के-के भए उपलब्धी ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब देश छिट्टै पूर्णरुपमा विदयुतीकरण हुने दावी गरेका छन् । विद्युत प्राधिकरण कार्यालयको हलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देश केही समयभित्रै पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने बताएका हुन् ।

उनले यसका लागि विकट बस्तीहरूको पहिचान गरेर बाँकी विद्युतीकरणको कार्य अघि बढिसकेको दावी गरे । उनले तीन वर्षको अवधिमा विद्युतीकरणमा उल्लेख्य उपलब्धी हासिल गर्न सफल भएको बताए । ‘आठ वर्षअघि २०७२÷७३ विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशत मात्रै थियो । तीन वर्ष अवधिमा उपलब्धीमध्ये विद्युतीकरणमा प्राप्त उपलब्धी महत्वपूर्ण रहेको छ,’ उनले भने, ‘तीन वर्षअघि ८९ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुगेको छ ।’

उनले आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युतको ग्राहकको संख्या हाल बढेर सामुदायिकसहित ६० लाख ३५ हजार पुगेको उनले जानकारी दिएका छन् । घिसिङले विद्युतीकरणका लागि प्राधिकरणको आफ्नो स्रोतबाट ठूलो लगानी भएको बताउँदै सुकुमबासी बस्ती, चेपाङ, मुसहरलगायत विपन्न वर्गका घरपरिवारमा बिजुली पुर्‍याउन निःशुल्क मिटर वितरण गरिएको जानकारी गराए ।

आफ्नो तीन वर्षको कार्याकालको अवधिमा प्राधिकरणको वित्तीय सुधार, हरेक नागरिकको घरमा विद्युत पुर्‍याउन विदयुतीकरण, विद्युत आपूर्तिलाई पर्याप्त भरपर्दो गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरण क्षेत्रका पूर्वाधारहरूको विस्तार एवं सु्दृढीकरण, उत्पादन तर्फका विद्युत आयोजनाहरू अगाडि बढाउने, आन्तरिक रुपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत निर्यातलाई उच्च प्राथमिकतामा राखी कार्य भइरहेको औंल्याए ।

प्राधिकरण एक खर्ब पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब पुग्यो
नेपाल विद्युत् प्राधिकरणले आठ वर्षमा करिब एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम भएको जानकारी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँ बढी लगानी गरेको समेत जानकारी दिए ।

उनले प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको पनि जानकारी दिए । प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि २ खर्व ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मूल्याङ्कन गरेको बताउँदै उनले जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको जानकारी दिए ।

देशभर रहेको जग्गाहरूको यकिन गरी प्राधिकरणको करिब ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको पनि घिसिङले जानकारी दिएका छन् । गत वर्ष मात्र काठमाडाै‌ उपत्यकाभित्रको करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा प्राप्त भएको घिसिङले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

काठमाडौं । त्रिशूली नदी करिडोर र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट …

प्रतिकृया दिनुहॊस