चाँदीको मूल्य घट्दा सुनको मूल्यमा बृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि  भएकाे छ । शुक्रबार प्रतितोला २ हजार एक सय रुपैयाँले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले घटेको हो।

बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री