बैंकिङ्ग

एनएमबी बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

काठमाडौं । एनएमबी बैंक लिमिटेड र बुद्घ एयरले एनएमबी बुद्घ भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ। सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबी बैंक र बुद्घ एयरले लिएको छ। को–ब्रान्डेड डेबिट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यका भित्र रहेका बुद्घ एयरका तीन काउन्टरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन्। यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशूल्क लान …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा छुट

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो ग्राहकहरू माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरूलाई काठमाडौँ, पोखरा, चितवनका लगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानहरूमा विशेष छुटको व्यवस्था गरेको छ । बैंकका ग्राहकहरूले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेस्टुराँ, अस्पताल, ल्याब, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चस्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुई पाङ्ग्रे सवारी, कस्मेटिक, बुटिक, सैलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर …

पुरा पढ्नुहॊस »

नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान

काठमाडाैँ । एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदरमा केही वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो। त्यस्तै, नेपालमा सन् २०२३ मा मुद्रास्फीति सात दशमलव सात प्रतिशत रहने अनुमान एडिबीको छ । सन् २०२४ …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

काठमाडौँ । सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बोन्ड) जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । प्रतिइकाई एक हजार रुपैयाँ दरका ३० लाख इकाई ऋणपत्र जारी गर्न बोर्डले बैंकलाई अनुमति दिएको हो । कूल ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै कर्मचारीका लागि सुरक्षित गरेको छ । १० वर्षका लागि जारी ऋणपत्रमा १० प्रतिशत ब्याजदर प्रदान …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र भिजि इम्पेक्सबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र भि जि इम्पेक्स प्रा.लि. (जिडब्लुएम नेपाल) बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले, भि जि इम्पेक्स प्रा.लि. तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभि, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको वरिष्ठ डेपुटी सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आईएमई बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले रेग्मीलाई असोज १ गतेदेखि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए । ग्लोबल आईएमई बैंकमा विगत १५ वर्षदेखि कार्यरत रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए । उनीसंग बैंकिङ क्षेत्रको …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ । सूर्य जनसेवा हेल्थ केयर प्रा.लि, सूर्यपुरा पोलिक्लिनिक, कर्नर पोइन्ट रेस्टुरेण्ट एण्ड बार प्रा.लि, ई–रिभल्भिङ्ग इन्डियन र गंगा जमुना सलोनसंग बैंकले सम्झौता गरेको छ । सम्झौता पश्चात् महालक्ष्मी विकास बैङ्कका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकको ‘डिजी स्टेसन’ सञ्चालनमा

काठमाडौं । एनएमबी बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक ‘डिजी’ स्टेसन’ को सुरुवात गरेको छ। ‘डिजी स्टेशन’ ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानवीय सहायताबिना गर्न सकिनेछ। ‘डिजी’ स्टेसन’ को सुरुवातले ग्राहकहरुलाई बैंकले प्रदान गर्ने बैंकिङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ सेयरधनी बचत खातामा सुविधा थपियो

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सेवाग्राहीहरुलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकहरुलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन एक सम्झौता गरेको छ । मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीहरु बीच त्रिपक्षीय व्यवसायिक सम्झौता भएको हो । यो सम्झौता बमोजिमको सुविधाहरु “मुक्तिनाथ सेयरधनी बचत खाता” खोल्नुहुने ग्राहकहरुले पाउने सक्नेछन् । उक्त सम्झौता बामोजिम बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरुले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल …

पुरा पढ्नुहॊस »

सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ। उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। सानिमा बैंकका ग्राहकहरुले ओपिडी/आइपिडी तथा बेड सम्बन्धी शुल्कहरुमा १३ प्रतिशत, औषधिमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। बैंकले यसैगरी ग्राहकहरुलाई …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds