सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त भएका छन् । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको ४६९ औं बैठकले कायस्थलाई मंसिर ९ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

करिव १४ वर्षदेखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका कायस्थ हाल बैंकको प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन् । वित्त व्यवस्थापन, रणनीतिक योजना तथा धितोपत्र बजार सम्बन्धी विषयमा उनको दक्षता रहेको छ । हाल उनी बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको संचालक पनि छन् ।

डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले हालसालै फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड,सटिजन्स फोनपे क्रेडिट कार्ड सार्वजनिक गरेको छ । भौतिक कार्डको आवश्यकता नपर्ने र रु २,५०,००० सम्मको क्रेडिट सीमा उपभोग गर्न पाउने यो कार्ड मार्फत ग्राहकहरूले क्युआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सक्नेछन ।

भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्दछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक र एनसीएचएल Alipay+ बिच मार्फत NEPALPAY QR मा अन्तर्देशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौँ । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड बिच बैंकले दर्ता गरेका NEPALPAY मर्चेन्टहरुको …

प्रतिकृया दिनुहॊस