सिटिजन्स बैंकको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । बैंकले उक्त संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

त्यस्तै इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनसक्ने छन्। निर्धारित समयभित्र शेयर खरिदका लागि संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नआएमा उक्त शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ । शेयरको न्यूनतम मूल्य १०२ रुपैयाँ तोकिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री