बैंकिङ्ग

नबिल बैंकलाई अन्तर्राष्ट्रिय ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट’ अवार्ड

काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिमरीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो । १८ अगस्ट २०२३ मा भएको कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका भाइस प्रेसिडेन्ट सर्गेइ पुटेनिखीनले नबिल बैंकका प्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता

काठमाडौं । वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्‍याउने उद्देश्यले कामना सेवा विकास बैंकले भदौ ९ गते शाखा कार्यालय भोटाहिटीमार्फत् अमः भिसा पुचःको सहकार्यमा कमलादी गणेशस्थान कुमारी पूजामा सहभागी बालबालिकाबीच वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बालबालिकाको सुनिश्चित र उज्ज्वल भविष्य निर्माणका लागि सानैदेखि बचतको महत्व र बचतको बानी बसाल्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका कर्मचारीले बालबालिकालाई दक्षिणा, खाता खोल्ने फर्म, वित्तीय परिचालनसम्बन्धी …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८०लाभांश घोषणा गरेको छ । बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई एभरेष्ट ओल्ड र छाया अस्पतालमा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची र “छाया अस्पताल” सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले एभरेष्ट ओल्ड होटेलको एकोडोमेसन एण्ड फुडमा विशेष १०% सम्म र छाया अस्पतालको विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा विशेष १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन …

पुरा पढ्नुहॊस »

एसबिआई बैंक र एमडब्लुबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र एमएडब्लु भृद्धि अटोकर्प प्रालि (एमभिएपिएल)बीच सम्झौता भएको छ । सम्झौता बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र बिक्रेता कम्पनीतर्फबाट तुसार जयप्रकाश गुप्ता, प्रसन्न पन्तले हस्ताक्षर गर्नुभएको हो । सो अवसरमा बैंकका कर्पोरेट क्रेडिट प्रमुख विनोद अधिकारी, रिटेल एण्ड एसएमई प्रमुख प्रवीण भट्टराई र कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो । सम्झौताको उद्देश्य बैंकको हायर पर्चेज योजनाअन्तर्गत सवारीसाधनको फाइनान्सिङ सहज बनाउनु रहेको छ ।

पुरा पढ्नुहॊस »

नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ ’ (Sales Excellence Award 2023) बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीले शुक्रबार आयोजित ‘सेल्स समिट’ (Sales Summit) कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो । कार्यक्रममा नेपाल बैंकर्स एसोशियनका अध्यक्ष सुनिल केसीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गरेका थिए । मर्जर एक्वीजीसन पश्चात्का वर्षहरुमा बैंकहरुमा हुने समायोजनका कारण व्यवसाय …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको ‘फण्ड ट्रान्सफर’ मा ‘मोबाइल फोन हातमा’ अफर सार्वजनिक

काठमाडौं । हिमालयन बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि ‘फण्ड ट्रान्सफर’ मा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ्ग ‘HI-MB’ एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । सो अफर भाद्र १ गते देखि भाद्र ३१, २०८० गतेसम्म लागु हुनेछ । मोबाइल बैकिङ्ग एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले ल्यायो Priority Pass सुविधा

काठमाडाैँ । डिजिटल इकोनोमी प्रवद्र्धनमा प्रभावकारी भुमिका निभाउदै आएको माछापुच्छ्रे बैंक लि.ले Priority एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । जस अन्तर्गत Priority एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिना झन्झट उक्त पासको प्रयोग गरि सरल र सहज तरिकाबाट Priority लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् । यो Priority Pass सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जस अन्तर्गत कोलिन्सन ग्रुप, यु.के. (UK)ले …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकद्वारा महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बैंकले यी अस्पतालहरुलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो । अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीबाट महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पतालका पदाधिकारीलगायत सम्बन्धित …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैङ्कको ‘तिम्रै लागि’ मुद्दती र बचत खाता सार्वजनिक

काठमाडौँ । कामना सेवा विकास बैङ्कले आफ्ना ग्राहकवर्गहरुको सेवालाई मध्यनजर गर्दै नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारिक सम्बन्धलाई मजबुत बनाउँदै, आफ्नो प्रियजनमा खुसी र आफ्नोपन सञ्चार गर्न उपहारको नयाँ परम्पराको सुरुवात स्वरूप “तिम्रै लागि” मुद्दती र बचत खाता सार्वजनिक गरेको हो । पछिल्लो समय आफन्तपन र पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरूमा उपहार दिने प्रचलन बढेकोमा यस्ता उपहार कुनै अफ्ठेरो अवस्थामा प्रयोग गर्न सकिने तथा …

पुरा पढ्नुहॊस »