बैंकिङ्ग

एनएमबी बैंकद्वारा धुलिखेल अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडाैँ । एनएमबी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ। उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ, अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो। बैंकले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तन्तरण गरेको छ। बैंकले प्रदान …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि चाबहिलबीच बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सोमबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता भएपश्चात बैंकका डेबिट–क्रेडिट कार्ड भएका ग्राहकहरु तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलको ओपिडि सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेशन, प्याथोलोजी, …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई र बिओके क्यापिटलको आजदेखि एकीकृत कारोबार सुरु

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा मर्ज भएकाे छ। ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड भई ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको औपचारिक रुपमा शुभारम्भ भएको हाे। ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकले विराट मेडिकल सेन्टरमा ५० प्रतिशत छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले विराट मेडिकल सेन्टरमा ५० प्रतिशत छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल र भोटेपुल, धरानस्थित बिराट मेडिकल सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले बिराट मेडिकल सेन्टरका बिभिन्न सेवाहरूमा ५० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण गार्डेन क्याफेमा १० प्रतिशत सम्म छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले अन्नपूर्ण गार्डेन क्याफेमा छुट पाउने भएको छन् । बैंक र क्याफेबीच मर्चेन्ट सम्झौता भएको हो । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध ग्राहकले लेकसाईड,पोखरा स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा आफ्नो १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकले ल्यायो ‘एभरेष्ट फेस्टिभ बोनान्जा’ अफर

काठमाडाैँ । एभरेष्ट बैंकले ‘एभरेष्ट फेस्टिभ बोनान्जा’ अफर सुरुवात गरेको छ। आउँदै गरेको तिज, दशैं, तिहार र छठ पर्वको शुभ अवसरमा बैंकले उक्त अफर ल्याएको बताएको छ। शुक्रबारदेखि लागु हुने यस अफरमा न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको छ। बैंकका नायव महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफरअन्तर्गत घर कर्जा १०.७४ प्रतिशतको स्थिर ब्याजदरबाट सुरू हुनुका साथै घर निर्माणका लागि १०० प्रतिशतसम्म बैंकले …

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा सञ्चिति बढेर १५ खर्ब ३९ अर्ब पुग्याे, ११.७ महिनाको वस्तु आयात धान्ने

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । गत आर्थिक वर्षको अन्तिमसम्म अर्थात् २०७९ असार मसान्तसम्म एक वर्षमा विदेशी मुद्रा सञ्चिति २३.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अवस्था प्रतिवेदनले मुद्रा सञ्चिति बढेको देखाएको हो । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढेर २०८० असार मसान्तमा रु.१५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको बैंकिङ सेवा दुई दिनको लागि बन्द

काठमाडाैँ । प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने भएको छ। बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिमको भर्जन अपग्रड गर्नको लागि आज भदौ १ गते शुक्रबार साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुन लागेको हो। प्रभु बैंकले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकले ११.९९% स्थिर ब्याजदरमा घर र एसएमई कर्जा दिने

काठमाडौँ । गरिमा विकास बैंकले ‘आफ्नै घर-आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने छ । ११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको बढेको ब्याजदर लागू

काठमाडौं । प्रभु बैंकले ब्याजदर बढाएको छ । बैंकले विभिन्न खातामा आजदेखि लागू हुने गरी ब्याजदर बढाएको हो । बैंकले भदौ महिनामा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ८ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि साउनमा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशत ब्याजदर प्रदान गरेको थियो । विस्तृत जानकारीका लागि https://www.prabhubank.com मा गएर अथवा बैंकमा सम्पर्क गर्न सकिनेछ ।

पुरा पढ्नुहॊस »