नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२५’ को अवसर पारेर देशव्यापी वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको छ ।

‘ग्लोबल मनी वीक–२०२५’ लाई सफल बनाउने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चैत ४ गतेदेखि १० गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

जस अन्तर्गत कोशी प्रदेशमा १२, मधेश प्रदेशमा १२, बागमती प्रदेशका १६, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशमा १४, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा १० गरी बैंकका जम्मा ८३ वटा शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो ।

‘ग्लोबल मनी वीक–२०२५’ कै सन्दर्भमा बैंकले लुम्बिनी प्रादेशिक कार्यालय, हेटौँडा, धनगढी, हरिवन, लामबन्दी र स्याफ्रुबेसीमा वित्तीय साक्षरता सम्बन्धी र्याली समेत गरेको छ ।

वित्तीय साक्षरता कार्यक्रममा बैंकले बैंकिङ प्रणाली, बचत तथा कर्जाको योजना, बचतको आवश्यकता, खाताका प्रकार, मोबाइल बैंकिङ, डिजिटल बैंकिङ, क्युआर, पिन तथा पासवर्ड सुरक्षा, साइबर सुरक्षा, डिजिटल ठगीबाट जोगिने उपायहरु आदि विषयमा विद्यार्थीहरूलाई ज्ञान प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकले हालै प्रकाशित गरेको वित्तीय साक्षरतामा आधारित चित्र पुस्तक ‘डिजिटल बैंकिङको जादु’ र साइबर सुरक्षा अन्तर्गत पर्चा सातै प्रदेशबाट विभिन्न विद्यालयका विद्यार्थीहरूलाई वितरण गरेको थियो । साथै, बैंकले आफ्नो सामाजिक सञ्जालबाट चेतनामूलक सामाग्रीहरू समेत प्रसारण गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री