बैंकिङ्ग

माछापुच्छ्रे बैंकले विद्यार्थीलाई दियो व्यवसायिक सीपमुलक तालिम

काठमाडाैँ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिराहा जिल्लाको कर्जनहा स्थित श्री जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यवसायिक सिपमुलक तालिम कार्यक्रमको आयोजना गरेको छ। माध्यमिक तहका विद्यार्थीहरुमा व्यवसायिक र प्राविधिक ज्ञान एवम् सिपको विकास गर्ने उद्देश्यले बैंकले ‘इन्जिनियर्स विदाउट बोडर्स’ नामक संस्थासँगको सहकार्यमा व्यवसायिक सिपमुलक तालिम आयोजना गरेको हो। बैंकले एक सातासम्म स्कुल प्राङ्गणमा तालिम कार्यक्रम सञ्चालन गरि पुस ८ मा उक्त कार्यक्रम समापनको गरेको थियो। समापन कार्यक्रममा …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वस्थ नारी पहल’, कुन प्रदेशमा कहिले ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ । यही पुस १७ गते मंगलबारदेखि १७ औँ वर्षमा प्रवेश गर्दै गरेको बैंकले उक्त अभियानअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू– महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकको मोबाइल एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

काठमाडौं । एनएमबि बैंकको मोबाइल बैंकिङ्ग एप बाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने भएको छ। एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेसँगै यो सेवा सञ्चालनमा आएको बैंकले जनाएको छ। हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष श्री प्रताप बिष्ट बीच सम्झौता आदानप्रदान भएको थियो। …

पुरा पढ्नुहॊस »

निफ्राले १० प्रतिशत ब्याज असुल गरी कर्जाको पुनर्संरचना गर्न पाउने

काठमाडौँ । पूर्वाधार विकास बैंक (निफ्रा) ले पनि परिस्थितिवश समस्यामा परेका ऋणीहरूको हकमा निश्चित प्रतिशत ब्याज असुल गरी कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नुपर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले लिएको नीति अनुरूप ऋणीले तिर्नुपर्ने कूल ब्याजको कम्तीमा १० प्रतिशत ब्याज असुल गरी चैत मसान्तसम्ममा कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न केन्द्रीय बैंकले निर्देशन गरेको हो । बैंकको निर्देशनअनुसार होटेल तथा रेस्टुरेन्ट, निर्माण (सिमेन्ट, डन्डी, …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंंकका पूर्वअध्यक्ष गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

काठमाडौँ । नेपाल बैंकर्स संघको ३७ औं वार्षिक साधारण सभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका छन् । शनिवार चितवनमा आयोजित संघको ३७ औँ वार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको समुपस्थितमा गौतमलाई सिटिजन्स बैंकको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको विभिन्न ओहोदामा रही आर्थिक सामाजिक क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो । गौतम संयुक्त राष्ट्र संघको …

पुरा पढ्नुहॊस »

ग्यापु मार्केटप्लेस र माछापुच्छ्रे बैंकबीच सम्झौता

काठमाडौं । ई–कमर्स कम्पनी ग्यापु मार्केटप्लेस प्राइभेट लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच सम्झौता भएको छ । ग्यापु मार्केटप्लेसले माछापुच्छ्रे बैंकसँग सहकार्य गरी विभिन्न वित्तीय सुविधा प्रदान गर्न सम्झौता गरेको हो । यो सम्झौतासँगै ग्यापु मार्केटप्लेसले उपभोक्तालाई व्यक्तिगत र व्यापारिक खरिददारीहरूमा इएमआई (किस्ताबन्दी) सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ । अब उपभोक्ताले नेपालभर फैलिएको ग्यापुको नेटवर्कबाट उत्कृष्ट उत्पादनहरू किनमेल गर्नका लागि इएमआई सुविधासमेत पाउनेछन् । सामान किन्न मन हुने, तर तुरुन्तै …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले तिर्‍यो १० करोड २७ लाख बढी कर

काठमाडौं । माछापुच्छ्रे बैंकले १० करोड २७ लाख रुपैयाँ बढी कर भुक्तानी गरेको छ । सर्वोच्च अदालतको आदेशपछि कम्पनीले सरकारको निर्णय बमोजिम १० करोड २७ लाख ६७ हजार ११ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकरको रुपमा भुक्तानी गरेको हो । सरकारले आर्थिक ऐन, २०५० को दफा २६ मा फर्दर पब्लिक अफरिङबाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकमबाट हिताधिकारीमा बोनस सेयर वितरण गर्दा आयमा समावेश गरी कर लाग्ने व्यवस्था गरेको …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ९.७५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ । बैठकले १७औं वार्षिक साधारणसभा पुस २८ गते सिटी स्क्वायर …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकले घोषणा गर्याे लाभांश

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ अर्ब ६३ करोडको ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले पुस २९ गते साधारणसभा आह्वान गरेको छ ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकले पायो ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड’

काठमाडौँ । एनआईसी एशिया बैंकले प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिजाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र ‘एक्सिलेन्स इन भास प्रोडक्टस्’ बाट बैंकलाई सम्मानित गरेको हो । मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवा प्रदान गरेको भन्दै बैंक सम्मानित भएको बताइएको छ । बैंकले अन्तर्राष्ट्रिय स्तरको अनलाइन भुक्तानी …

पुरा पढ्नुहॊस »
This will auto close after