काठमाडौं । नेपाल राष्ट्र बैंकले नवप्रवर्तनलाई प्रवर्द्धन गर्न नयाँ पहलस्वरूप ‘डिजिटल फाइनान्स इनोभेसन हब’ सञ्चालनमा ल्याएको छ ।
बिहीबार जारी सूचनामा राष्ट्र बैंकले बैंकिङ तथा भुक्तानी प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै वित्तीय सेवामा नवीनता भित्र्याउने लक्ष्यसहित हब स्थापना गरेको उल्लेख छ ।
यस हबमार्फत नयाँ आइडिया बोकेर आउने नवप्रवर्तकहरूलाई नीतिगत र नियामक प्रक्रियाबारे जानकारी प्रदान गरिनेछ। साथै, उनीहरूलाई विशेषज्ञहरूसँग परामर्श गर्ने अवसरसमेत उपलब्ध हुनेछ ।
नवप्रवर्तनलाई सहज बनाउन हबले नन-बाइन्डिङ गाइडेन्ससहित नियामक निकायहरूसँगको सम्पर्क विस्तार गर्न सहयोग गर्नेछ ।
राष्ट्र बैंकका अनुसार भुक्तानी प्रणालीमा नवीन विचार ल्याउनेलाई हौसला प्रदान गर्दै डिजिटल वित्तीय सेवाको प्रवर्द्धन गर्न हब सञ्चालन गरिएको हो ।
तपाईंको प्रतिकृया




