बैंकिङ्ग

२०८१ मा शनिबारबाहेक बैंकहरू ३७ दिन बन्द हुने (सूची)

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंकहरूको बिदा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार बैंकहरूको वर्षभरीको बिदा तालिका जारी गरेको हो । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद, महम्मद जयन्तीका दिन सरकारले गर्ने निर्णयअनुसार बिदा दिने जनाइएको छ । जसअनुसार शनिबारबाहेक बैंकहरुको विदा ३७ दिन हुने भएको छ । दसैं बिदा असोज २५ देखि २८ गतेसम्म हुने बताइएको छ । तिहार बिदा कात्तिक १५ गतेदेखि १९ गतेसम्म हुनेछ …

पुरा पढ्नुहॊस »

विश्व बैंकले नेपाललाई २०० मिलियन डलर सहयोग गर्ने

काठमाडौँ । विश्व बैंकले नेपाललाई दुई वटा कार्यक्रम सञ्चालनका लागि २०० मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । विश्व बैंकको सञ्चालक समितिले नेपालमा दुई वटा आयोजना सञ्चालनका लागि २०० मिलियन अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको हो । यससँगै, विश्व बैंकबाट नेपालमा हरित अर्थतन्त्र निर्माणका लागि लचिलो र समावेशी विकासका लागि प्रयोग हुनेछ । यसबाहेक, प्रदेश र स्थानीय तहसम्म फैलिएका सडक सञ्जाललाई गुणस्तरीय र भरपर्दो बनाउनका लागि प्रयोग हुने …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहीबार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरू उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको नयाँ शाखा कार्यालय सञ्चालन सँगै ३५६ शाखा कार्यालय, ३७९ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ …

पुरा पढ्नुहॊस »

बैंकर पक्राउ परेपछि सिबिफिनको आपत्ति, सरकारलाई सम्झायो बैंकिङ प्रक्रिया

काठमाडौँ । कर्जा दुरुपयोगको आरोपमा बैंकका कर्मचारी पक्राउ परेपछि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आपत्ति जनाएको छ । धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तर्राष्ट्रिय बैकिङ अभ्यासको बारेमा गहिरो अध्ययन नै नगरी बैंकर पक्राउ गरिनु आपत्तिजनक भएको परिसंघको भनाई छ । परिसंघद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘जानकारी नलिई कुनै पेशाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिई हिरासतमा राखिएको कार्यप्रति यस परिसंघ गम्भीर आपत्ति प्रकट गर्दछ ।’ बैंकका …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ। कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको बैंकले जनाएको छ। मुलुकका विभिन्न जिल्लाका ३५ स्थानमा सञ्चालित कार्यक्रममा ४,००० भन्दा बढि मानिसहरुलाई बचत, …

पुरा पढ्नुहॊस »

यस्तै हो भने, कर्पोरेट/इन्फ्रामा कर्जा दिने सबै जेल जानुपर्ने अवस्था आउँछ : मनोज ज्ञवाली

काठमाडौँ । नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले कर्पोरेट र इन्फ्रामा कर्जा दिन बसेका सबै बैंकर जेल जानुपर्ने अवस्था आउने जिकिर गरेका छन् । मंगलबार केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका डी–सीईओ मनोज न्यौपानेसहित बैंकर्सलाई पक्राउ गरेपछि आफ्ना धारणा सार्वजनिक गर्दै सिइओ ज्ञवालीले यस्तो बताएका हुन् ।

पुरा पढ्नुहॊस »

पक्राउ परेका बैंकरलाई रिहा गर्न बैंकर्स संघको माग

काठमाडौँ । बैंकर्स धरपकड विरुद्ध वाणिज्य बैंकहरु एकजुट भएका छन् । कमसल धितो राखी ठुलो रकम कर्जा प्रवाह गरेको भन्दै प्रभु बैंकका डी-सीईओ मनोज न्यौपानेसहित बैंकर्सलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेसँगै २० वटै वाणिज्य बैंकका सीईओहरु एकजुट भएका हुन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठन नेपाल बैंकर्स संघले बुधवार आकस्मिक बैठक बसी बैंकर्समाथिको धरपकड भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । बैंकिङ कारोबारमा उच्च सावधानीका साथ …

पुरा पढ्नुहॊस »

सङ्खुवासभाको पोखरीबजारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न.३ पोखरीबजारस्थित २८७ औँ शाखा कार्यालय पोखरीबजार विस्तार गरी कारोबार शुभारम्भ गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले आइतबार विधिवत् रूपमा उक्त शाखाको समुद्घाटन गरेका हुन् । उक्त अवसरमा न्यायाधीश हरिप्रसाद फुयाँलले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरूले पनि बैंकिङ्ग अनुशासन भित्र रही बैंकिङ्ग कारोबार गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले लघुवित्तलाई भन्यो- विना धितो ५ लाख बढी ऋण नदिनू

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ  । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई विना धितो ५ लाख भन्दा बढी ऋण नदिन निर्देशन गरेको छ । विपन्न तथा न्यून आय भएका व्यक्तिलाई विना धितो केवल सामूहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्नका लागि प्रयोजन खुलाई प्रतिसमूह सदस्य बढीमा ५ लाख रुपैयाँसम्म मात्र लघु कर्जा दिन बैंकले निर्देशन गरेको हो । विगत दुई वर्षदेखि असल वर्गमा पर्दै आएका समूह सदस्यको हकमा भने ७ लाख रुपैयाँसम्म लघु कर्जा …

पुरा पढ्नुहॊस »

प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जना पक्राउ

काठमाडौँ । सीआईबीले प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जनालाई पक्राउ परेको छ । मंगलवार उनीरूलाई सीआईबीले बैंकिङ कसुरमा काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । ब्युरोकी प्रमुख तथा एआईजी किरण बज्राचार्यका अनुसार डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जनालाई पक्राउ परेका हुन् । सीआईबीले सविन घिमिरे, सुबास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिपेश प्रधान, दिलिप बराल, रमण श्रेष्ठ र राजेश भण्डारीलाई पनि पक्राउ गरेको छ …

पुरा पढ्नुहॊस »
This will auto close after