सिटिजन्स बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल लोन अगेन्स्ड फिक्स्ड डिपोजीट’ सुविधा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरूको सेवालाई अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ ।

ग्राहकहरूलाई सरलीकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेप को आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्नेछन्, यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा रु २ लाख रुपैयाँ सम्म (कम्तीमा रु ५ हजार देखि) ऋण लिन सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । सिटिजन्स बैंकले डिजिटल प्रविधिको उपयोग मार्फत आफ्ना ग्राहकहरूको समय, श्रम र स्रोतको बचत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निरन्तर रुपमा नयाँ–नयाँ डिजिटल सेवा ल्याउने क्रममा यो सेवा पनि थप गरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री