बैंकिङ्ग

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु.१००० दरले कुल १ अर्ब रुपैयाँ (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको छ । बैंकले ऋणपत्र निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सोमबार बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आयोजित एक समारोहका बीच वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्नको लागि दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंकले पायो एबिएफ होलसेल बैकिङ अवार्ड

काठमाडाैँ । नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित एसियन बैकिङ एण्ड फाइनान्सले होलसेल बैकिङ अवार्ड २०२२ अन्तर्गत नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अप्रेसन्स बैंक अफ द इयर प्रदान गरेको छ । साथै, नेपाल डोमेस्टिक अवार्ड पनि प्रदान गरेको हो । उत्कृष्ठ एंव भरपर्दो बैंकिङ सेवा प्रदान गर्ने बैंकलाई यस्तो अवार्ड प्रदान गरिदै आएको छ । सन् १९९३ मा स्थापना भएको नेपाल एसबिआई बैंकले ५१ जिल्लामा रहेका आफ्ना ११९ आउटलेटहरुमार्फत सेवा दिइरहेको छ ।

पुरा पढ्नुहॊस »

प्रभु बैंक र सेन्चुरी बैंकबीच मर्जर सम्झौता

काठमाडौं । प्रभु बैंक र सेन्चुरी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले आइतबार १: १ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन् । सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपश्चात प्रभु बैंकको नाममा एकिकृत कारोबार हुनेछ । अहिले प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड …

पुरा पढ्नुहॊस »

प्रभु बैंकमा सेञ्चुरी गाभिने, सीईओमा अशोक शेरचनलाई निरन्तरता

काठमाडौं । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने भएको छ । आइतबार दुई बैंक गाभिनेबारे समझदारी भएको छ । सेन्चुरी गाभिएपनि बैंकको नाम ‘प्रभु’नै कायम रहनेछ । सम्झौताअनुसार प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्जरमा गई आगामी पुसभित्रै एकीकृत कारोबार थाल्नेछन् । काठमाडौंको मेरियट होटलमा आज भएको सम्झौतामा मर्जरपछि खडा हुने संस्थाको नाम ‘प्रभु बैंक’ रहने सहमति छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रहनेछन् । शेरचन अहिले पनि …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र एपोलो डाइग्नोस्टिक केन्द्रबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एपोलो डाइग्नोस्टिक केन्द्रबीच सम्झौता भएको छ । सिटिजन्स बैंकको कार्डहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । उक्त सम्झौता अनुसार बैंकका कार्डहरूले एपोलो डाइग्नोस्टिक केन्द्रका विभिन्न स्वास्थ्य सम्बन्धी जाँच र हेल्थ प्याकेजहरूमा १५ प्रतिशतलसम्मको छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सिभिल बैंकका ग्राहकलाई छुटै छुटको वर्षा

काठमाडाैं । सिभिल बैंकले विभिन्न साझेदारहरूसँगको समन्वयमा ग्राहकहरूलाई विशेष छुटको योजना ल्याएको छ । बैंकका ग्राहकहरूले ४० साझेदारहरूबाट विभिन्न वस्तु तथा सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट–मोवाइल बैंकिङ एप’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुटहरू पाउने व्यवस्था गरेको बैंकले जनाएको छ । बैंकले विराट मेडिकल कलेज (मोरङ), निम्स नेशनल हस्पिटल (झापा), बिर्ता आई केयर(झापा), अन्नपूर्ण केबलकार, अतिथि रिसोर्ट एन्ड एसपीए (पोखरा), सानेपा डिलाइट, लक्ष्मी …

पुरा पढ्नुहॊस »

सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटमा कारोबार गर्नसक्ने

काठमाडाैं । सानिमा बैंकका ग्राहकहरुले अब नमस्ते पे वालेटबाट कारोबार गर्नसक्ने भएको छ । ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्ने बैंकले जनाएको हो । बैंकका अनुसार ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग एपमार्पmत फन्ड लोड गर्ने प्रणालीको पनि व्यवस्था चाँडै उपलब्ध गराइनेछ । बैंकको मोबाइल बैंकिङ्ग एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तीनवटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ । यसैगरी सानिमा …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको फुल डबल मुद्दती योजना सार्वजनिक

काठमाडौँ । राष्ट्रिय बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने छ । सो अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र श्री तिनाउ इन्टरनेसनल हस्पिटलबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलको श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.बीच सम्झौता भएको छ । विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने सझौता भएको हो । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकले श्री तिनाउ हस्पिटलका विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । सम्झौता अनुसार हस्पिटलबाट स्थानीय सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको खातामा मेसिनबाट नगद जम्मा गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले सोझै मेसिनबाट बैंक खातामा नगद जम्मा (डिपोजिट) गर्न सकिने सेवाको सुरु गरेको छ । ग्राहकले बैंकमा गई कुनै भौतिक फारमविना खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएका बैंकले जनाएको छ । बैंकले सुरु गरेको नवीन सेवा मार्फत ग्राहकले सहज …

पुरा पढ्नुहॊस »