प्रहरी अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर

काठमाडौं । हिमालयन बैंक लिमिटेडले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा गत सातादेखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालको सम्झौताबमोजिम नगद संकलन काउन्टर सञ्चालनमा ल्याइएको हो ।

नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका छन् ।

बैंकले अस्पतालमा सार्वजनिक बिदाका दिनहरूसहित २४ घण्टा नै प्रदान गर्नेछ । बैंकद्वारा प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीहरुलाई सहज हुने बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री