नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’, के छन् सुविधा ?

काठमाडाैं । नबिल बैंकले ‘नबिल ढुक्क बचत खाता’ सञ्चालनमा ल्याएको छ। उच्चतम ब्याजदर र तीन वटा बीमा सुविधासहित यो बचत खाता ल्याइएको बैंकले जनाएको छ।

यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बीमा बापत एक लाख रुपैयाँ, दुर्घटना बीमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बीमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउँनेछन्।

त्यसैगरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने बैंकले जनाएको छ। महिनामा ५ पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको बैंकको भनाइ छ।

नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ। साथै, लकरको सुविधा पनि रहेको यस खातामा लकर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

७.४० प्रतिशतको उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागि ग्राहकले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नु पर्नेछ। दैनिक रूपमा काममा आउने बैंक सेवा तथा सुविधामा विशेष छुट दिने गरी ल्याइएको यस ढुक्क बचत खाताले ग्राहकका आवश्यकता पूरा गर्ने बैंकको विश्वास छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

केयू स्कुल अफ म्यानेजमेन्ट र एसीडीएनबीच तालिम र परामर्श सेवाको साझेदारी

काठमाडौं । काठमाण्डु युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र एसीडीएनबीच नेपालमा विज्ञता विकाश, अनुसन्धान तथा …

प्रतिकृया दिनुहॊस