स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज (एसटिसी) र मुक्तिनाथ विकास बैंकबीच डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङले हस्ताक्षर गरेका हुन् ।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र राष्ट्रिय स्तरमा ग्राहक मैत्री वित्तीय सेवा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकबीच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ । हाल ५ वाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनी र १५० भन्दा बढी सहकारीहरूले एससिटी युपिआइ डेबिट कार्ड आफ्नो ग्राहकहरूलाई प्रदान गरिरहेका छन् ।

यस सम्झौतापछि मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले एससिटी युपिआइ डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन् । साथै, युनियन पे इन्टरनेशनल प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटिएम, पिओएस, इ–कमर्श जस्ता सेवा सजिलै लिन सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

केयू स्कुल अफ म्यानेजमेन्ट र एसीडीएनबीच तालिम र परामर्श सेवाको साझेदारी

काठमाडौं । काठमाण्डु युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र एसीडीएनबीच नेपालमा विज्ञता विकाश, अनुसन्धान तथा …

प्रतिकृया दिनुहॊस