एभरेष्ट बैङ्कको भैरहवा शाखाको सेवा अब आफ्नै भवनबाट

भैरहवा । एभरेष्ट बैङ्क लिमिटेडले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा रहेको भैरहवा शाखालाई आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबारहरू सञ्चालन गरेको छ ।

उक्त नवनिर्मित शाखाको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका हुन् ।

उक्त भवनको उद्घाटन समारोहमा सिद्धार्थनगर चेम्बर अफ कमर्सका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैङ्क भैरहवाको नायब निर्देशक जीवन प्रकाश पाण्डे, जि.प्र.का रुपन्देहीका प्रहरी निरीक्षक सुरेश पन्त, बैङ्कका लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक लव प्रसाद कुइँकेल साथै बैङ्कका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस