सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो नौलो बचत योजना

काठमाडाैं । सिद्धार्थ बैंकले नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको ‘ सिद्घार्थ पे एण्ड सेभ खाता’ सञ्चालनमा ल्याएको छ। बैंकले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै उक्त खाता सञ्चालनमा ल्याएको बताएको छ।

शून्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत एक सय रुपैयाँभन्दा बढीको विद्युतिय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागि आजैबाट स–साना बचत गर्दै जान अभिपे्ररित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे बैंकको भनाइ छ। यस खातामा बैंकले अभिभावक र बालबालिका दुबैको खातामा विशेष आकर्षणको रुपमा पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सेवा प्रदान गर्नेछ।

साथै, ग्राहकहरूलाई यस खाता खोली यथाशिघ्र लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराइएको छ। यस क्यासब्याक योजना अन्तर्गत अभिभावकहरूले डेबिट कार्डमार्फत पहिलो पटक पिओएस वा अनलाइनबाट न्यूनतम एक हजार रुपैयाँको कारोबार गर्दा कारोबार रकमको ५ प्रतिशत (अधिकतम एक सय रुपैयाँ) क्यासब्याक पाउन सक्नेछन्।

यसरी प्रदान गरिने क्यासब्याक रकम बालबालिकाहरूको खातामा जम्मा हुनेछ। यस खाताले अभिभावकलाई डिजिटल प्रणालीको प्रयोग गर्न उत्प्रेरित गर्नुका साथै सानो बचत गरी आफ्नो बालबालिकाहरूको लागि केही रकम बचत गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। बैंककोे १९५ शाखा कार्यालयहरूबाट सहजै यो बचत खाता खोल्न सकिने बैंकले बताएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

केयू स्कुल अफ म्यानेजमेन्ट र एसीडीएनबीच तालिम र परामर्श सेवाको साझेदारी

काठमाडौं । काठमाण्डु युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र एसीडीएनबीच नेपालमा विज्ञता विकाश, अनुसन्धान तथा …

प्रतिकृया दिनुहॊस