बैंकिङ्ग

नबिल बैंकको ब्याजदर सार्वजनिक

काठमाडौं । नबिल बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर निर्धारण गरेको हो । बैंकले निक्षेपमा असोज महिनाको ब्याजदरलाई नै निरन्तरता दिएको छ । साे बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि बढीमा १०.१३३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । त्यस्तै बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ १०.१३३ प्रतिशत, ब्यक्तिगततर्फ १२.१३३ प्रतिशतसम्म ब्याजदर ताेकेकाे गरेको …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको साधारणसभा कात्तिक २१ गते हुने

काठमाडौं । कुमारी बैंकको साधारणसभा कात्तिक २१ गते हुने भएको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले कात्तिक २१ गते सोमबार साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेको बैंकले वताएकाे छ । ;लाभांश बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । हाल कुमारी बैंक र नेपाल …

पुरा पढ्नुहॊस »

दशैंपछि वाणिज्य बैंकहरुमा ८ अर्बले बढ्यो निक्षेप

काठमाडाै । दशैंपछिको साता वाणिज्य बैंकहरुमा ८ अर्बले निक्षेप बढेकाे छ । कर्जा भने लगानी स्थिर रहेकाे छ । नेपाल बैंकर्स संघले प्रकाशित गरेको तथ्याङ्कका अनुसार वाणिज्य बैंकहरुमा (असोज २८ गतेसम्म) कूल निक्षेप बढेर ४५ खर्ब १९ अर्ब पुगेको छ । असोज महिनाको २८ दिनमा भने ३३ अर्ब निक्षेप बढेको छ । चालु आवको साउन महिनामा कूल निक्षेप ४४ खर्ब ३३ अर्ब र भदौ महिनामा कूल निक्षेप ४४ खर्ब ८६ अर्ब …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको बुक क्लोजको मिति तय

काठमाडौं । सेयर लगानीकर्तालाई लाभांश घोषणा गरेको कुमारी बैंकले बुक क्लोजको मिति फाइनल गरेकाे छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे ।बैंकका अनुसार कात्तिक १३ गतेसम्म कायम रहेका लगानीकर्ताले ताकेको लाभांश पाउने भएका छन् । यस्तै आगामी २२ औं बार्षिक साधारणसभामा भाग लिन सक्ने बैंकले वताएकाे छ ।

पुरा पढ्नुहॊस »

कात्तिकमा बैंकहरुको निक्षेपको ब्याजदर नबढ्ने

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरलाई यथावत राख्दै असोज महिनाको ब्याजदर नै लागू गर्ने वताएका छन् । सार्वजनिक सूचना अनुसार कात्तिक महिनामा पनि असोज महिनाको ब्याजदरलाई निरन्तरता दिने भएका हुन् । बैंकहरुले यहि असोज महिनामा विगत ६/७ महिनादेखि स्थिर रहेको ब्याजदर बढाएका थिए । बैंकहरुले ब्याजदर बढाएको भन्दै चौतर्फी विरोध भएको थियो । ‍ अहिले बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ करिव ९.१३ प्रतिशत ब्याजदर दिइरहेका छन् । …

पुरा पढ्नुहॊस »

महालक्ष्मी बैंकको विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । यस बैंकको कमाने शाखाद्वारा मकवानपुर जिल्लाको पुरानो अस्पताल हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरिएको छ । हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरुलाई सहजता होस् भन्ने उद्देश्यले बैंकले उक्त कुर्सी …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकबाट लाभांश स्वीकृति पाउने दोस्रो बैंक कुमारी बैंक

काठमाडौं । कुमारी बैंकको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तथा प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले सूचना जारी गर्दै राष्ट्र बैंकबाट प्रस्तावित १२।५ प्रतिशत नगद लाभांश स्वीकृत भएको जानकारी दिएको हो । कुमारी बैंक राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने दोस्रो बैंक बनेको छ । बैंकले १९८ शाखा संजाल, १९५ एटिएम, ५४ शाखारहित बन्किंग इकाई तथा ३४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वितिय सेवा सुविधा दिदै आएको …

पुरा पढ्नुहॊस »

रकम हिनामिना गर्नेमाथि कानूनी कारबाही शुरू भइसकेको छ: माछापुच्छ्रे बैंक

काठमाडाै । माछापुच्छ्रे बैंक लिमिटेडले केही संचारमाध्यमहरूमा बैंकको शाखारहित बैंकिङ्ग केन्द्रबाट रकम हिनामिना भएको भन्ने समाचार आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको  वताएकाे छ । आइतवार आज एक सूचना जारी गर्दै बैंकले यस्ताे समाचारले गम्भीर ध्यानाकर्षण गरेको जनाएको हो । बैंकले रुपन्देहीको समरीमाई गाउँपालिका वडा नं. ५, रोइनिहवा र लुम्बिनी सांस्कृतिक न. पा., वडा नं. २, मुजहानामा रहेको ग्राहक सेवा केन्द्रको प्रतिनिधिहरूबाट बैंकका नाममा समस्या देखिएपछि साे सेवा बन्द गरिएको उल्लेख …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकमा भिसा कार्ड भएकाले १८० देशबाट सजिलै रेमिट्यान्स पाउनसक्ने

काठमाडाैं । माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको वताएकाे छ । यस सेवा मार्फत् विदेशबाट यस बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई बिना झन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिनेछ । याे सेवा मार्फत् भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएम मार्फत् १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै कुनाबाट नेपालमा रकम पठाउन सकिनेछन् । …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको ९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज बिहीवार अन्तिम दिन रहेको छ । बैंकको लाभांश सुरक्षित गर्ने आज असोज २७ गते बिहीबार अन्तिम दिन हो । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन र बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्ने बैंकले वताएकाे छ। बैंकले लाभांश वितरण गर्ने प्रस्ताव …

पुरा पढ्नुहॊस »