ग्लोबल आइएमई क्यापिटलको सीइओमा लुइटेल

काठमाडौं । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मन्दिप लुइटेल नियुक्त भएका छन् । उनी माघ १ देखि लागू हुने गरी ४ वर्षका लागि सीइओ नियुक्त भएका हुन् ।

सप्‍तरीको राजविराजका लुइटेल यसअघि सानिमा क्यापिटलमा इन्भेष्टमेन्ट बैंकिङ प्रमुखका रुपमा कार्यरत थिए । उनले सानिमा क्यापिटलमा साढे ६ वर्ष काम गरेका थिए । भारतको पुनेबाट एमबीए गरेका उनले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका क्युआर मर्चेन्टस्हरूलाई बिना धितो २ लाख सम्मको ‘फोनलोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहलाई बिना झन्झट कुमारी …

प्रतिकृया दिनुहॊस