निफ्राका सीईओ खतिवडाले दिए राजीनामा, तामाङले पाए कामु

काठमाडौँ । पूर्वाधार विकास बैंक (निफ्रा)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । बैंकको सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी सीईओ खतिवडाको राजीनामा स्वीकृत गरेको हो ।

निफ्रामा तीन वर्ष सीईओको रूपमा काम गरेका खतिवडा २०७७ पुसमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले चार वर्षका लागि पूर्वाधार विकास बैंकको सीईओको रूपमा नियुक्त गरेको थियो । तर, एक वर्षको कार्यकाल बाँकी छदै खतिवडाले पदबाट राजीनामा दिएका हुन् ।

योसँगै अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री