कामना विकास बैंकले गर्‍यो २५ करोड ८९ लाख नाफा

काठमाडाैं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म कामना विकस बैंकको खुद नाफा ३२ दशमलव १९ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको नाफा ३२.१९ प्रतिशतले बढेर २५ करोड ८९ लाख १९ हजार रुपैयाँ पुगेको हो ।

गत आवको सोही अवधिमा बैंकको नाफा १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा बढेको छ बैंकको खुद ब्याज आम्दानी १ अर्ब २ करोड २६ हजार रुपैयाँबाट घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन नाफा २७ करोड ९८ लाख १६ हजारबाट बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ५१ करेड ८८ लाख ६० हजार रुपैयाँ रहेका छ ।

प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा रहेको छ । बैंकको खराब कर्जा ३.४२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ३.७० प्रतिशत रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after