सिटिजन्स बैंकका थप तीन शाखा एकसाथ सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुदूरपश्चिम प्रदेशको अमरगढी डडेल्धुरा र महाकाली दार्चुलामा तथा कर्णाली प्रदेशको दुल्लु दैलेखमा ‎एकसाथ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्थानीय स्तरमा खोलिएका यी शाखाहरूबाट अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा उपलब्ध गराएर आफ्ना ग्राहकहरूको मन जित्नको लागी कर्मचारीहरूलाई निर्देशन दिए । आगामी दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा समेत सिटिजन्स बैंकको उपस्थिति रहने योजना रहेको उनको भनाई छ ।

सुविधा सम्पन्न यी शाखाहरू मार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरू माझ वित्तीय पहुँच पु-याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । डि(म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ ।
यो सँगै बैंकको १९७ वटा शाखाहरू सञ्चालनमा आएका छन् । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १० शाखा पुगेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १८ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य नियुक्त

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि।को सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ …

प्रतिकृया दिनुहॊस