बैंकिङ्ग

सिद्धार्थ बैंकको नयाँ शाखा मुलपानीमा

काठमाडाैं । सिद्धार्थ बैंकले बिहीबार काठमाडाैंस्थित मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले मुलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्‍याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो। उक्त शाखा विस्तारपछि बैंकको कुल शाखा सञ्जाल संख्या १९६ (५ एक्स्टेन्सन काउन्टर सहित) पुगेको छ।  

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार

काठमाडाैं । आजदेखि लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर एकीकृत कारोबार गर्ने भएका छन्। लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भएर आजेदेखि एकीकृत कारोबार गर्न थालेका हुन्। दुवै बैंक मर्ज भएर लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्नेछन्। दुवै बैंकलाई मर्ज भएर एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते स्वीकृति दिएका छन्। दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन्। लक्ष्मी बैंकको …

पुरा पढ्नुहॊस »

पूर्व बैंकर घर्तीको ‘बैंकिङ अनुशासन’ पुस्तक सार्वजनिक

काठमाडाैं । बैंकिङ क्षेत्रका जल्दाबल्दा विषयलाई विश्लेषण गर्दै बैंकिङ विज्ञ बीएन घर्तीले ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ नामक पुस्तक बजारमा ल्याएका छन् । पुस्तकमा बैंक तथा वित्तीय संस्था किन अनुशासनमा बस्नु पर्छ, किन अल्पदृष्टिबाट होइन दूरदृष्टिबाट अभिप्रेरित हुनु पर्छ, किन ग्राहक केन्द्रित हुनु पर्छ, उपयुक्त निक्षेपको मिश्रण किन हुनु पर्छ जस्ता विषय वस्तु समेटिएको छ । कर्मचारीहरूलाई अनावश्यक बिक्री लक्ष्य किन तोक्नु हुँदैन, किन पारिश्रमिक दिनेगरी व्यवसायिक सञ्चालक नियुक्त गर्नुपर्छ, …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको नयाँ शाखा काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा

काठमाडाैं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यी नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ। ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा …

पुरा पढ्नुहॊस »

देशकै पहिलो निजी बैंक नबिल बैंकले मनायो ३९ औँ वार्षिकोत्सव

काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो बैंक नबिल बैंक लिमिटेडले ३९ औँ वर्ष पूरा गरेको छ । नेपालको पहिलो निजी क्षेत्रको बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंक लिमिटेडले ३९ वर्षको यात्रा पूरा गरेको हो । बैंकिङ क्षेत्रमा सर्वाेत्कृष्ट बैंकका रूपमा स्थापित भएको यो बैंक ‘नबिल बैंक सँगै अघि’ भन्ने नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमालो गरेर अघि बढिरहेको छ । ग्राहकको सुविधा तथा सरल …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकलाई मिडाट हस्पिटलमा छुट

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको लगनखेलस्थित मिडाट हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मिडाट हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न …

पुरा पढ्नुहॊस »

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बिमा रकम हस्तान्तरण

काठमाडौँ । सानिमा बैंकले सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला भूमिका आलेको दुर्घटना भई मृत्यु भएकोले निजको हकवाला श्री क्षितिज आलेलाई रु. १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरिएको छ । सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक रोमिला कोइरालाले बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेका हुन् । स्वर्गीय भूमिका …

पुरा पढ्नुहॊस »

कुमारी बैंकका ग्राहकलाई वर्ल्डलिंकका सेवामा छुट

काठमाडाैं । कुमारी बैंक लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडबीच कुमारी बैंकका ग्राहकलाई वर्ल्डलिंकका सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ। यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरु मध्ये वर्ल्डलिंकको वार्षिक सदस्यता रोज्ने ग्राहकहरूले १५ प्रतिशत सम्म छुट पाउनेछन् भने त्रैमासिक सदस्यता छनौट गर्नेहरूले ५५ छुट पाउनेछन्। यो छुट प्राप्त गर्नलाई ग्राहकहरुले आफ्नो कुमारी स्मार्ट मोबाइल बैंकिङ एप वा आफ्नो कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्ने छ। डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा पाँच ग्राहकलाई दुर्घटना बिमा बापत रु ५० लाख हस्तान्तरण

काठमाडौँ । एनआईसी एशिया बैङ्कले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति रु १० लाखको दरले कुल रु ५० लाख हस्तान्तरण गरिएको छ । बैङ्कका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरूको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बिमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको हो । दुर्घटना बिमा बापतको बिमा लाभ प्राप्त गर्ने ग्राहकहरूमा चितवनस्थित बसेनी शाखामा खाता खोलेका …

पुरा पढ्नुहॊस »

प्रभु बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी प्रदान

काठमाडौँ । प्रभु बैंकले पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी उपलब्ध गराएको छ । बैंकले बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई उक्त गाडी उपलब्ध गराएको हो । बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले मन्त्री किराँतीलाई गाडीको चाबी (साँचो) हस्तान्तरण गरेका छन् । प्रभु बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोषलाई उक्त गाडी प्रदान गरिएको जनाएको छ । गाडीको साँचो हस्तान्तरण गर्दै निर्देशक शेरचनले आगामी दिनमा पनि मन्त्रालय र …

पुरा पढ्नुहॊस »