हिमालयन बैंकको नाफा बढ्यो

काठमाडौं  ।हिमालयन बैंकले चालु आर्थिक वर्षको ३ महिनामा ४५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको ३ महिनामा बैंकले गत वर्षको सोही अवधिको तुलनामा ८ करोड ६९ लाख रुपैयाँ बढी नाफा कमाएको हो ।

बैंकले नाफा बढाएसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढाएको छ ।

गत वर्ष १५.६२ रुपैयाँ मात्रै रहेको बैंकको ईपीएस बढेर १६.९५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको वितरणयोग्य नाफा २ अर्ब ९३ करोढ १७ लाख रुपैयाँ रहेको छ ।

बैंकको खुद व्याज आम्दानी बैंकको खुद व्याज आम्दानी पनि बढेको छ ।

यो अवधिमा बैंकले १ खर्ब ४२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकको सहकार्यमा आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम, बिद्यार्थीलाई बीमा पनि

काठमाडाैं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक …

प्रतिकृया दिनुहॊस