काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन थालेको छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी गोंगबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलो मात्रा दिन थालिएको जानकारी दिए। उनका अनुसार आज बिहानैदेखि ती ठाउँमा घर जाने यात्रुलाई खोप दिइरहेको छ।
बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खोप प्रदान गरिने छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले खोप लगाउनका लागि रेडक्रसका स्वयंसेवक परिचालन गरिएको बताए। भेरोसेल र एस्ट्राजेनिका खोप यात्रुलाई प्रदान गरिनेछ। पहिलो मात्रा दिइसकेको ती यात्रुलाई घरबाट फर्केपपछि दोस्रो मात्राको खोप प्रदान गरिने छ। खोप आज र भोलि प्रदान गरिने छ।
प्रतिकृया दिनुहॊस