रश्मी

नर्भिकमा शनिवार फ्री ओपिडी हुने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिवार(भोलि) कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्टको निःशुल्क सेवा संचालन हुने भएको छ । नर्भिक अस्पतालमा कार्यरत कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्ट डा. शैलेन्द्रप्रसाद कुशवाहाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् । डा. कुशवाहाले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुका लागि निःशुल्क सेवा दिनेछन् । मुटुसँग सम्बन्धित समस्या भएका र अन्य शारिरीक अस्वस्थ्यता भएकाहरुले समेत डा. कुशवाहाको निःशुल्क ओपिडीबाट लाभान्वित हुन सक्नेछन् । …

पुरा पढ्नुहॊस »

कार दुर्घटनाबाट चालकको मृत्यु

सुनसरी ।सुनसरी बराहक्षेत्र नगरपालिका ३ बाङ्गे स्थित भित्री सडक खण्डमा ON TEST कार आफै अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० बर्षीय कृष्ण प्रसाद दाहाल रहेका छन् । विहीबार बेलुका  ८ बजे कालाबञ्जर देखि चक्रघटी तर्फ आउँदै गरेको सो कार  दुर्घटना हुँदा गम्भिर घाईते भएका दाहालको तत्काल स्थानिय नगर अस्पताल चक्रघटीमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी  जनाएको …

पुरा पढ्नुहॊस »

अस्मिता अधिकारीको ‘तिम्ले माया मारी गयौ’

गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्ले माया मारी गयौ’ सार्वजनिक भएको छ । गीतकार बिष्णु निरौलाको शब्द रहेको   गीतमा राजेश थापाको संगीत छ । उषा उप्रेती, कमल सिंह, कुसुम गोथाने,विपना सुवेदीको अभिनय भिडियोमा देख्न सकिन्छ । सुजन श्रेष्ठको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।

पुरा पढ्नुहॊस »

आइएमई डबलको डबलको डबल अफरका मासिक विजेता बने रेखा र गोकुल

काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफरअन्तर्गत असोज महिनाको विजेता सार्वजनिक गरेको छ। सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएका छन्। काठमाण्डौको पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा बिहीबार आयोजित फेसबुक लाइभमार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो। चर्चित स्टोरी टेलर साइग्रेसले सिस्टममा आधारिक स्टार्ट बटम क्लिक गरी विजेता छनोट गरेका थिए। विजेताद्वयले अमेरिकास्थित रिया फाइनान्सियल सर्भिस र यूएईस्थित अल …

पुरा पढ्नुहॊस »

कर्णाली सरकारले बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख दिने

कर्णाली प्रदेश सरकारले बाढी र बहिरो जस्ता विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बाढीपहिरोमा परी घाइतेहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्नेसमेत निर्णय गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा घाइतेहरु जुनसुकै अस्पतालमा उपचार गराए पनि त्यसको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्नेछ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकका ग्राहकलाई केएफसी र पिज्जा हटमा विशेष छुट

काठमाडौं  ।   सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा विशेष छुट पाउने भएका छन् । देबयानी इन्टरनेशनलसँग बैंकले छुट दिनेबारे सम्झौता गरेको छ । ग्राहकहरुलाई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानीका नायब महाप्रबन्धक (वित्त विभाग) रितुराज शाहबीच हस्ताक्षर भएको छ । सम्झौता पश्चात केएफसी र पिज्जा हटको खाना तथा बेभरेजमा क्रेडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन् । बैंकले ‘स्मार्ट बनौं, …

पुरा पढ्नुहॊस »

महिला लघुवित्तको लाभांश परिमार्जन,अब सेयरधनीले ४७.५ प्रतिशत बोनस सेयर पाउने

महिला लघुवित्तको लाभांश परिमार्जन भएको छ  । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश दर परिमार्जन गरिएको कम्पनीले जनाएको छ  । कम्पनीले कुल लाभांश ५० प्रतिशत नै रहने गरि बोनस र नगद लाभांशको दर मात्रै परिमार्जन गरेको हो  । कम्पनीले यस अघि ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  । राष्ट्र बैंकले निर्देशन दिए अनुसार अब भने कम्पनीले बोनस दर बढाएर …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको शाखा सर्लाहीको बयलवासमा

काठमाडौं  । राष्ट्रिय वाणिज्य बैंक सर्लाहीमा नयाँ शाखा विस्तार गरेको छ । जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः -६  बयलवासमा बैंकले शाखा विस्तार गरी कारोबार सुरु गरेको हो  । योसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५५ पुगेको छ ।

पुरा पढ्नुहॊस »

विहीबार थप ५४५जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  । विहीबार  थप ५४५जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार ५४५ जनामा संक्रमण पुष्टि भएको हो  । आज थप  ८ जनाको मृत्यु भएको छ भने ७२६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  । आज ८ हजार ५४९ जनाको नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

सेयर परिसूचक १४ अंकले घट्यो

काठमाडौँ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १४.७ अंकले घटेको छ । योसँगै नेप्से परिसूचक २५५६.९५ को विन्दुमा झरेको छ। कुल ३० कम्पनीको मूल्य बढेको छ भने १५१ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रह्यो । अन्य उपसमूह ११ अंक बढ्यो । बैंकिङ ७, ब्यापार ६७, होटल तथा पर्यटन ५८, विकास बैंक ९४, जलविद्युत ४६, फाइनान्स ४६, निर्जीवन बीमा २३, उत्पादन १०५, माइक्रोफाइनान्स १४ र जीवन बीमा …

पुरा पढ्नुहॊस »