ट्रकले ठक्कर दिँदा स्कुटर चालकसहित दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरी- १७ लायन्स चौकमा बुधबार राति ट्रकले स्कुटरलाई ठक्कर दिएको हो ।

ना६ख५६८१ नम्बरको ट्रकले पूर्वबाट पश्चिम जाँदै गरेको को२०प६७४७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा नाम ठेगाना खुल्न नसकेका दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यद्यपि उनीहरु स्कुटर चालक र सवार व्यक्ति हुन् ।

ठक्करबाट गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि कोसी अस्पताल विराटनगर लाँदै गर्दा बाटोमै मृत्यु भएको  प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस